२०८२ पुष ११ गते शुक्रबार दिउँसोः तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । […]
बर्दिया —बाँसगढी नगरपालिका–४ मटेरियामा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी चालक बाँसगढी नपा–६ का २७ वर्षीय राजेश थारुको मृत्यु भएको छ । दुर्घटनापछि उनि गम्भिर घाइते भएका थिए । महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ रोकिरहेको सुप्रप ०२००१ ख ११८८ नम्बरको ट्रकमा भे ११ प ४६३१ नम्बरको मोटरसाइकल रोकिरहेको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । ट्रक चालक […]
बर्दिया/रासस । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । बाघको […]
बिबिसी- जेन जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न बनाइएको जाँचबुझ आयोगले उसबेला नीतिगत तहमा रहेका उच्चपदस्थहरूसँगको बयान आउँदो साताबाट सुरु गरिने जनाएको छ। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार ‘नेपाल प्रहरीका तत्कालीन प्रमुख र वर्तमान प्रमुखको बयान आगामी हप्ता लिने आयोगको योजना’ छ। त्यस लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली […]
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए […]
२०८२ पुष १० गते (बिहीबार) दिउँसोः देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । रातीः देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम […]
नेपालगन्ज — हुस्सु र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित बन्दै गएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । कोहलपुर नगरपालिकाले विद्यालयको पठनपाठन दुई दिनm खजुरा गाउँपालिकाले पुस ९ र ११ गते बिदा दिने निर्णय गरेको हो । पुस १० गते ख्रिष्टमस र १२ गते शनिबार परेकाले […]
बर्दिया — चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० ्की ५५ वर्षीया पार्वती डाँगीको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार बुधबार दिउँसो थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी डाँगीलाई चितुवाले आक्रमण गरेको थियो । स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बाँके— ‘पुरानो कपडा हो भन्दैमा लगाउन लाज नमान्नुस । तपाईसंग जे छ त्यही पहिरनुस् । सकेसम्म बाक्लो लुगा लगाएर शरिर न्यानो राख्नुस । सकिन्छ हावा पास हुने स्थानमा आगो तापौँ ।’ शीतलहरले यहाँको जनजीवन कष्टकर बनेपछि चिकित्सकहरुले चिसोबाट जोगिने यस्तो सुझाव दिन थालेका छन् । खासगरी चिसोका कारण आर्थिक अवस्था कमजोर रहेका सर्वसाधारण बढी प्रभावित […]
चाँदनी हमाल काठमाडौँ । पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदै छ । हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न सुरु भइसकेको छ । शीतलहरसँगै हुस्सु, कुहिरोले आकाशको घाम धर्तीमा पर्न नसक्दा तराई र हिमालका झुपडीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ । कतिपय वृद्धवृद्धा, बिरामी र हुँदा खानेहरू (गरिबीमा रहेका) का परिवारमा शीतलहर […]











