काठमाडौँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएपछि दुई तर्फ राजमार्ग खुलेको छ । सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे खसेको पहिरो हटाइएको हो । निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

काठमाडौं । सरकारले उपभोक्तालाई विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विद्यमान ५० युनिटको सीमा बढाउने तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ५० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो, जसलाई अहिले बढाएर १ सय ५० युनिट बनाउने तयारी गरिएको […]

काठमाडौं /ईकान्तिपुर — राजधानी काठमाडाैंसहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ ।मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिन्डर र पैसा बुझाएपछि पनि एक सातादेखि १० दिनसम्म प्रतीक्षा गर्नुपरेको छ । ग्यास अभावले घरपरिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न बाध्य भएका छन् । ग्यास अभावले होटल व्यवसाय […]

काठमाडौं।  विश्व भेटेरिनरी संघ (WVA) का अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल जनाएको छ। भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल तथा दुई महत्वपूर्ण समझदारीपत्र (MoU) सम्पन्न भएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको हो । साउन १८ […]

  रोमानिया । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। बाकाउ आपत्कालीन सेवा निर्देशनालय (ISU) का अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको […]

  नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेशिन आजदेखि सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिए । उनले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी […]

बीबीसी- पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाहरूले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको “कच्ची तटबन्ध” भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दाबी गरेको छ। तर उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जलप्रवाह बढ्यो भने बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीयवासीहरूले बताएका छन्। नदीले कटान गर्न […]

    काठमाडौं । लुम्बिनी बचाउ महाअभियानले बुद्धको जन्मस्थलमा कोषका पदाधिकारीले गुरुयोजाना विपरित काम गर्दा अस्तव्यस्त भएको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा अभियानले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी विकास कोषलाई भ्रष्टाचार गर्ने थलो बनाएको दाबी गरेका छन् । अभियानका संयोजक अकरम खानले लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा अन्तराष्ट्रिय महत्वलाई राजनीतिक भर्तिमार्फत भ्रष्टाचारको अखडा […]

​काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्‌ले विद्यालयहरूमा विद्यार्थीहरूको कपाल जबर्जस्ती नकाट्न अनुरोध गरेको छ । परिषद्ले एक सूचना जारी गर्दै विद्यार्थीको कपाल नकाट्न अनुरोध गरेको हो । यस्तो गैरकानुनी कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै परिषद्ले शिक्षा नियमावली अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक तथा मनोवैज्ञानिक […]

  काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । जहाँ ७ […]