काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा नियमावलीबमोजिम पहिलो पटक बुधबार संसद्मा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संवैधानिक तथा नियमावली व्यवस्था: प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर पद सम्हालेयता उनले जेठ, असार र साउनमा यसरी जवाफ दिएका थिएनन्। सभामुखको रुलिङ: १ भदौको बैठकमार्फत […]

भारतबाट आयात हुने एलपी ग्यासको लोड वितरणमा गम्भीर प्रश्न चिन्ह उठेको छ । नेपाल आयल निगमले पश्चिम नेपालमा सञ्चालित ग्यास उद्योगको पहुँच र पावरका आधारमा ग्याँस उपलब्ध गराएको हो कि भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ।भारतमा लोड भएको २५ तारिखसम्मको रिपोर्ट विवरण अनुसार अगस्टमा महिनामा प्राप्त र पाउनुपर्ने बुलेटमा व्यापक फरक देखिएको छ। गत जुलाईमा […]

काठमाडौं- काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४८ ग्राम ९ सय ५० मिलिग्राम, डिजिटल तराजु २ थान र नगद ९० हजार रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिराहा सिरहा नगरपालिका-१४ ठेगाना भएका २७ वर्षीय रितेष कुमार यादव र सिराहा […]

दांग – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बिच प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो। गठबन्धन दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सिफारिसमा दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना मन्त्री, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य […]

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउनुपर्ने कारणसहितको स्वास्थ्य परीक्षण प्रतिवेदन सङ्घीय संसद् सचिवालयमा बुझाउनुभएको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री कार्यालयबाट उक्त स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि भएको छ। यसअघि सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठकभित्र कालो चस्मा लगाउन निषेध गरिएको र विशेष स्वास्थ्य कारण भएमा […]

बाँके-  कोहलपुर–११ शान्तिनगरस्थित नगर विकास समितिको जग्गाबाट विस्थापित भएका बासिन्दा र कोहलपुर नगरपालिकानिच दुईबुँदे सहमति भएको छ। सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति र नगरपालिकाबिच सोमबार भएको वार्तामा वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचानका लागि संयुक्त छानबिन टोली गठन गर्ने निर्णय भएको हो। गठित छानबिन टोलीमा सङ्घर्ष समितिका प्रतिनिधिसमेत रहनेछन् भने उक्त टोलीले १० दिनभित्र […]

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गठित विद्युत् महसुल दर पुनरावलोकन समितिको तोकिएको १५ दिनको समयावधि सकिएकाले म्याद थप गर्ने तयारी भइरहेको छ। समितिका संयोजक अंशुकिरण शाहीका अनुसार अध्ययनको काम नसकिएकाले केही समय थपेर प्रतिवेदन बुझाउन लागिएको हो। समितिले […]

सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक बजारमा दुई वर्षीया बालिका खुसी खातुनको हत्यामा उनकै सौतेनी आमाको संलग्नता रहेको खुलेको छ। स्थानीय मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुसी आइतबार बिहान घरबाट हराएकी थिइन्। प्रहरी र स्थानीयको खोजतलासका क्रममा उनको शव घरपछाडिको झाडीमा फेला परेको थियो। घटनालगत्तै नियन्त्रणमा लिइएकी सौतेनी आमा मुस्कान खातुनले सौता रुबिना खातुनसँगको रिसबी र […]

काठमाठौँ । बारामा एक बालिकाको बलात्कारपछि हत्या भएको दुःखद घटनालाई लिएर प्रतिनिधिसभाका सांसदहरूले बलात्कारीलाई कडा दण्ड दिने गरी कानुन संशोधन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूले बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई विद्यमान कानुनले पुग्दो सजाय नदिने भन्दै ऐन पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा बोल्दै सांसदहरूले पीडितलाई न्याय दिलाउन वर्षौँ कुर्नुपर्ने […]

  बारा । रिमाको हत्याविरुद्ध बुधबारबाट भएको सडक संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरिएको छ । कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए । सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं गएका मृतक गरिमाका बाबु मनोज चौधरी […]