काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष […]

  दाङ — बिद्यालय व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै घोराही उपमहानगरपालिका–१५ का वडासदस्य लेखनाथ बुढाथोकीले उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोविल खन्याएर दुर्व्यवहार गरेका छन् । उनले शनिबार बिहान विद्यालयको गेटनजिकै मोटरसाइकलमा सवार बोहोरालाई मोविल खन्याइदिएका थिए । घोराही–१५ स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै दुर्व्यवहार गरेका हुन । […]

  धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते १३ जनाका ेउद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको […]

  काठमाडौँ — अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् । लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् । सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्नसमेत पाइएको छैन ।   विपद्को यति […]

  काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ। यस्तै देशका अन्य ३१ जिल्लामा आकस्मिक बाढीको […]

  सप्तरी । सप्तरी प्रहरीले बोक्सी आरोप लगाइ महिलालाई कुटपिट गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका वडानम्बर १० बनौलाका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका १० का रेखा कुमारी मण्डललाई बोक्सीको आरोप लगाई पिडितलाई अश्लील शब्दहरु प्रयोग गरी हातहतियारहरुले कुटपिट गरी घाइते बनाएको आरोप लागेको छ।   […]

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि […]

बीबीसी – बिहीवार दिउँसो काठमान्डूको त्रिपुरेश्वरमा गणेश नेपाली नामका युवाले रोकिराखेको उनको मोटरसाइकलमा ‘ह्वील लक’ लागेको विषयमा महानगर प्रहरीसँग विवाद भएलगत्तै उनले आत्मदाह गरेको भनिएको घटनाले अहिले महानगर प्रहरीको अधिकार र आचरणबारे प्रश्न उब्जिएका छन्। आखिर महानगर प्रहरीको अधिकार केके हुन्?, ठाउँठाउँमा राज्यका विभिन्न निकायले जरिवाना तथा अन्य सजाय तोक्दा कस्ता होसियारी अपनाउनुपर्छ? भन्ने जस्ता […]

काठमाडौं/ईकान्तिपुर — सर्लाहीको बलरा–५ का दुई किसान ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंहले गत १७ असारमा सीमापारि सीतामढी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल किनेर ल्याउँदै थिए । उनीहरूलाई कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले बाटैमा पक्राउ गर्‍यो । आरोप लगायो– मल तस्करको । पक्राउपछि सिंह दाजुभाइलाई सोनवर्षा थानामा बुझाइयो । अहिले उनीहरूलाई सीतामढी […]

  सर्लाही । राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरी घाईते भएका गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डललाई काठमाडौँ ल्याउने तयारी गरिएको छ। उनले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको […]