काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउनुपर्ने कारणसहितको स्वास्थ्य परीक्षण प्रतिवेदन सङ्घीय संसद् सचिवालयमा बुझाउनुभएको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री कार्यालयबाट उक्त स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि भएको छ। यसअघि सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठकभित्र कालो चस्मा लगाउन निषेध गरिएको र विशेष स्वास्थ्य कारण भएमा […]

बाँके-  कोहलपुर–११ शान्तिनगरस्थित नगर विकास समितिको जग्गाबाट विस्थापित भएका बासिन्दा र कोहलपुर नगरपालिकानिच दुईबुँदे सहमति भएको छ। सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति र नगरपालिकाबिच सोमबार भएको वार्तामा वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचानका लागि संयुक्त छानबिन टोली गठन गर्ने निर्णय भएको हो। गठित छानबिन टोलीमा सङ्घर्ष समितिका प्रतिनिधिसमेत रहनेछन् भने उक्त टोलीले १० दिनभित्र […]

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गठित विद्युत् महसुल दर पुनरावलोकन समितिको तोकिएको १५ दिनको समयावधि सकिएकाले म्याद थप गर्ने तयारी भइरहेको छ। समितिका संयोजक अंशुकिरण शाहीका अनुसार अध्ययनको काम नसकिएकाले केही समय थपेर प्रतिवेदन बुझाउन लागिएको हो। समितिले […]

सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक बजारमा दुई वर्षीया बालिका खुसी खातुनको हत्यामा उनकै सौतेनी आमाको संलग्नता रहेको खुलेको छ। स्थानीय मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुसी आइतबार बिहान घरबाट हराएकी थिइन्। प्रहरी र स्थानीयको खोजतलासका क्रममा उनको शव घरपछाडिको झाडीमा फेला परेको थियो। घटनालगत्तै नियन्त्रणमा लिइएकी सौतेनी आमा मुस्कान खातुनले सौता रुबिना खातुनसँगको रिसबी र […]

काठमाठौँ । बारामा एक बालिकाको बलात्कारपछि हत्या भएको दुःखद घटनालाई लिएर प्रतिनिधिसभाका सांसदहरूले बलात्कारीलाई कडा दण्ड दिने गरी कानुन संशोधन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूले बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई विद्यमान कानुनले पुग्दो सजाय नदिने भन्दै ऐन पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा बोल्दै सांसदहरूले पीडितलाई न्याय दिलाउन वर्षौँ कुर्नुपर्ने […]

  बारा । रिमाको हत्याविरुद्ध बुधबारबाट भएको सडक संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरिएको छ । कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए । सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं गएका मृतक गरिमाका बाबु मनोज चौधरी […]

  काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ । शनिबार साँझको आरती गर्ने बेलामा भगवतीको मूर्तिमा पसिना देखिएको हो । देशमा कुनै दैवी विपत्ति तथा राजनीतिक संकट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न संकेत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिर व्यवस्थापन उपसमितिको पूर्व संयोजक किरण श्रेष्ठले जानकारी दिए । उनका […]

रुकुम- रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आउँदै गरेको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया […]

काठमाडौँ । बारा जिल्लाकी तीन वर्षीया बालिकामाथि भएको जघन्य अपराधबारे नेपाल सरकार र पीडित परिवारबीच न्याय तथा पुनर्निर्माणका लागि तीनबुँदे सहमति भएको छ।    प्रतिबद्धता-पत्र बारा जिल्ला जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १ को दसधुरी बस्ने अबोध बालिका गरिमा चौधरीको क्रुर हत्या, विगतका महिला हिंसा, बालिका हिंसा जस्ता जघन्य आपराधिक घटनाहरूलाई नेपाल सरकारले अत्यन्त गम्भीर […]

राँझा (बाँके)। बैजनाथ गाउँपालिकाले किशोरीमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो । गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती […]