भोटेकोशी बाढीः बारबर्दियाका २३ मजदुरको परिवारसँग पुनर्मिलन

बर्दिया/ईकान्तिपुर — भोटेकोशीको बाढीमा फसेका बारबर्दियाका २३ जना घर पुगेका छन् । रसुवाबाट उद्धार भएपछि बारबर्दियाका २३ जना आइतबार पाँचौ दिनमा घर पुगेका हुन् । बाढीमा फसेका बारबर्दिया नगरपालिका–२ का ३८ वर्षीय कृष्णप्रसाद चौधरी उद्धारपछि आइतबार राति घर पुगे । बाढीबाट बल्लतल्ल ज्यान जोगाएर उनी घर पुग्दा आफन्तहरुको उदास अनुहारमा चमक देखियो । रसुवामा विनासकारी […]

२०८३, १६ भाद्र मंगलवार २०:५७

भोटेकोशी बाढी: मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म विभिन्न आठ जिल्लाबाट उक्त परिमाणमा मृतकहरूको शव फेला पारिएको हो। प्राधिकरणले दिएको विवरण अनुसार बाढीले बगाएर ल्याएका शवहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी […]

२०८३, १६ भाद्र मंगलवार १९:४२

भोटेकोशी बाढी: ११ हजार बढीको उद्धार, खोज तथा राहत तीव्र

  काठमाडौँ — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेनाले हवाई तथा स्थल दुवै मार्गबाट उद्धार […]

२०८३, १६ भाद्र मंगलवार ११:३०