काठमाडौं/रासस-   एक सातापछि काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्ने सम्भावना रहेको छ। जलवायु तथा विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन्। ‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्बर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,’ उनले भने, ‘कहिले छिटो त कहिले ढिलो गरी चिसो […]

  काठमाडौँ —हङकङमा भइरहेको २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले अस्ट्रेलियाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको हो ।   नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो । अस्ट्रेलियाका लागि ज्याक […]

काठमाडौँ । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदली भई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जीव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा […]

काठमाडौं/रासस-  कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने […]

  बर्दिया- मौसम पुर्बानुमान महाशाखाका अनुसार तिन प्रदेशको पहाडि जिल्लामा तिहारमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको । महाशाखाले विशेष बुलेटिन जारि गरि यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]

बर्दिया —बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा मोटरसाइकलले ठक्कर दिदा ५० वर्षीया मोती थारुको मृत्यु भएको छ । प्रहरिका अनुसार थारुको टाउकोमा गहिरो चोट लागेको थियो । सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र –०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरिले जनाएको छ । उनको जिल्ला अस्पताल, गुलरियामा उपचारका […]

रासस/ यमपञ्चक (तिहार) तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी […]

  बीबीसी – यो वर्ष लक्ष्मीपूजा र दीपावलीसहित तिहारका विभिन्न दिन कहिले पर्छन् भन्ने विषयमा धर्मशास्त्री र ज्योतिषीहरूबीच भिन्नाभिन्नै मत देखिएको छ। भारतमा पनि दीपावलीको विषयमा विवाद छ। जनमानसमा अन्योल उत्पन्न भएका बेला पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्म सम्बन्धित पर्वका दिन र मुहूर्त सार्वजनिक गर्‍यो। उक्त समिति संस्कृति मन्त्रालयअन्तर्गत पर्छ र चाडपर्वसँग सम्बन्धित विषयमा […]

नेपालगन्ज — बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा किसानले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । बाँके जिल्लाका कोहलपुर, वैजनाथ र खजुरा क्षेत्रका किसान धानबालीमा विभिन्न रोगको प्रकोप देखिएपछि चिन्तित बनेका छन् ।   धान पाक्ने समयमा बाला नलाग्दै धानको बोट सुक्न थालेको, बाला लागे पनि दाना भुसजस्तो देखिएको र पतेरो किराले चुसेको जस्तो […]

  दाङ — नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रूपेडिहाबाट लागूऔषध लगेर दांगको तुलसीपुरमा बेचबिखन गर्दै आएको आरोपमा ‘आन्टी’ नामले चिनिने तुलसीपुर उपमहानगरपालिका –८ दुधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध दुर्व्यसनीहरूले उनलाई आन्टी भनेर चिन्ने विश्वकर्मा मुख्य आपूर्तिकर्ता रहेको जानकारी प्रहरीले पाएपछि अपरेसन आन्टी’ सञ्चालन गरी पक्राउ गरेको इलाका प्रहरी कार्यालयले […]