काठमाडौं-बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले […]
काठमाडौं- बाँके, खजुरा गाउँपालिका-६ मनकामना बस्ने २६ वर्षीय आलमदार खाँ को करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित घरमा विवाहको टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुशिल कोईराला क्यान्सर प्रखर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । धनुषा, लक्ष्मिनिया गाउँपालिका-५ बनिनिया बस्ने ४५ वर्षीया निरो देवी यादवको […]
नेपालगन्ज— दसंैँको पहिलो दिन बिहिबारदेखि नेपालगन्जमा रामलिला सुरु भएको छ । यो क्रम रावमण बधसम्म चल्ने छ । अवधि संस्कृतिको अभिन्न अंग बनिसकेको रामलिला मन्चनका लागि राम, सीता, लक्ष्मण, हनुमान र रावणको टोली नेपालगन्ज आइपुगेको छ । घटस्थापनाका दिन रामको टोली नेपालगन्जमा शोभा यात्रा गरेको छ । स्थानीयले राम, सीतालाई नेपालगन्जमा भब्य स्वागत गरेका […]
ज्यो.पण्डित नारायण प्रसाद दुलाल – नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना […]
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर […]
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। […]
बर्दिया- बढैयाताल गाउँपालिकाको भे १ झ २६४ नम्बरको स्कारपियो गाडि भोलागौडि नजिक डिभाईडरमा ठोकिएर दुरघटना भएको छ । शुक्रबार राति साढे ८ बजे नेपालगन्ज जाने क्रममा दुर्घटना भएको हो । मानबिय क्षति भएको छैन । पालिका अध्यक्ष हिमालय त्रिपाठिको दशैको समान लिन जाने क्रममा दुरघटना भएको हो । पालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन सुबेदिले गाडि […]
नेपालगन्ज —बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी डेढ वर्षीया छोरीलाई आक्रमण गर्ने चितुवालाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । एक हप्ताअघि साढे २ वर्षकी लक्ष्मी पुनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । भदौ ३० गते घरबाटै बेपत्ता भएकी पुनको असोज १ गते मात्रै घर भन्दा एक किलोमिटरपर जिजरा सामुदायिक वनबाट आधा शरीर खाएको […]
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ । बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा विपदपछिको उद्धार, राहत र पुन: निर्माणको बारेमा छलफल हुने बताइएको छ । हालैको बर्षापछि सरकारले उद्धार र राहतमा प्रभावकारी काम गर्न नसको आरोप […]
विराटनगर- मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्। उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। मृत फेला […]












