आदर्श माध्यमिक विद्यालयमा शनिबार सीमित सिटको इन्ट्रान्स आयोजना भएको छ ३७ वटा सिटको लागि करिब २०० भन्दा बढी विद्यार्थीहरुले इन्ट्रान्स एक्जाम दिएका छन्। आदर्श प्रति विद्यार्थी तथा अभिभावकहरूको आशा भरोसा तथा विश्वास विश्वास बढेकाले इन्ट्रान्स एक्जाम दिन विद्यार्थीहरूको घुइँचो लागेको हो। बाँकेका अरु विद्यालयहरूले विद्यार्थीहरूलाई खोज्न घरदैलो गर्नुपर्ने अवस्थामा आदर्शमा सिमित सिटहरूको लागि पनि यति […]
चितुवाबाट खोसेको नाति काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन् बर्दिया/ईकान्तिपुर —गुलरिया नगरपालिका–५ बालापुरका ४९ वर्षीय भरतमणि थारू र उनकी पत्नी ४९ वर्षीया गोब्री बुधबार दिउँसो दुई नातिलाई लिएर गुलरिया नगरपालिका–४ तुलसीपुरस्थित खेतमा पानी लगाउन पुगेका थिए । दुई नातिलाई खटियामा राखेर भरतमणि मासमा पानी लगाउँदै थिए । गोब्री खेतमा […]
काठमाडौँ —जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पविद् डा शिव सुवेदीका अनुसार राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक आसपास रहेको छ । भूकम्पबाट पुगेको क्षतिबारे कुनै जानकारी आइसकेको छैन । यसैबीच जाजरकोट भूकम्पका कारण […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। केही बेरअघि […]
बाँके । ब्यक्तिको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । राजु समेत ५–६ जनाको समुहले कुटपिट […]
बर्दिया । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल भुमिगतकालमा सरण लिने आफ्नो माईती गाउँ बढैयाताल गाउँपालिका वडा न. ५ स्थित जगतिया गाउँ आए । शुक्रबार बिहान उनले उक्त गाउँमा ढिकरीको खाजा खाए । जसापकोटा, पम्पा भुसाल लगायतका नेताहरु हुलाकी रोड भएर महाकाली यात्रा जनजागरण कार्यक्रममा सहभागि हुन माओबादी नेताहरु जगतिया गाउँ आए । पुराना दिनहरु स्मरण […]
बर्दिया । चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका जोड्ने कर्णाली नदीमा २०७१ मा नेपालको सबैभन्दा लामो (एक हजार १५ मिटर) लामो पुल निर्माण भएपछि यो क्षेत्रको विकास र समाज रूपान्तरण भएको छ । तत्कालीन समयमा भौरा टापु भनेर […]
काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्री प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् । गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको निमन्त्रणामा गत […]
नेपालगन्ज। आफू ‘लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो’ भनी सामाजिक सञ्जाल व्हाट्सएप मार्फत पाँच करोड भारतीय रुपियाँ फिरौती माग गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका ५ मा कोठा भाडामा लिएर बस्दै आएका सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर ७ काठेघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई विभिन्न […]
गुलरिया । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमाअभद्र व्यवहार गरेको भन्दै उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ । नगरप्रमुख थारुसहितको टोलीले जिल्ला प्रहरी […]












