काठमाडौं/अनलाइनखबर । पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) […]
बर्दिया- १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शिवलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ । पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी […]
काठमाडौं, २९ साउन । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी […]
नेपालगन्ज, साउन २८ बुधबार २०८२ नेपालगन्जमा बुधबार किसानको लागि मलको समास्या समाधन गर्न बिरोध तथा धर्ना कार्यक्रम गरेको छ । समाजबादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिपी चोकबाट बिरोध ¥याली निकालेर त्रिभुवन चोक हुदै जिल्ला प्रशासन अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभा पश्चात एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसी प्रमुख […]
बाँके । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १४ उधौपुरवाबाट १५ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित रमेश लोनियालाई पक्राउ गरेको छ । उनी बस्ने घर कोठामा समेत रीतपूर्वक खानतलासी गर्दा निम्न दशीका सामानहरु फेला परेको प्रहरीले जनएको छ । १. १५ ग्राम ५०० मिली ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ । […]
बर्दिया । स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिसको जीवणु बर्दिया लगायतका जिल्लामा फेला परेको जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष बर्दिया, मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा […]
काठमाडौं, २८ साउन । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा […]
काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् । तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।
जयसिंह महरा काठमाडौँ /ईकान्तिपुर — सरकारले यतिबेला बहुविवाहसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न विधेयक अगाडि बढाएको छ । ‘मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन छ । यसै विधेयकमार्फत बहुविवाहसम्बन्धी मौजुदा कानुनी व्यवस्था परिवर्तन गर्ने तयारी भइरहेको हो । विवाहित पुरुष वा महिलाले बहुविवाह गर्न सक्ने मानेर व्यवस्था गरिएको मौजुदा कानुनको प्रावधानलाई संशोधन […]












