बर्दिया- बढैयाताल गाउँपालिका-८ तिलकानास्थित सडकमा कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको भे.१२ प ४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]
कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान १९ वर्षीय तुलसी नाथ घर नजिकै मृत भेटिएकी छिन । तर, उनले जन्माएकी नवजात शिशु भने सकुशल छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ । घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ […]
गुलरिया— शुक्रबार बिहानदेखि सुरु भएको झरीले बर्दियाका केही गाउँ जलमग्न भएका छन् । वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका–७ दंगपुरुवा गाउँ जलमग्न भएको छ । त्यहाँ करिव डेढ सय घरधुरी घरमा पानी पसेको छ । खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु मरेको र एउटा बगाएको स्थानीयले जनाएका छन् । यसैगरी ठाकुरद्वारा नगरपालिकाको १ र ४ […]
काठमाडौँ, असार ६ गते । हाल कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान […]
रौतहट ,५ असार। रौतहट स्थित मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्। घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ […]
धनगढी/ईकान्तिपुर — सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट नियुक्त उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको पद संकटमा परेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई मंगलबार राति फोन गरेर पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । जेठ ४ गते नियुक्त भएका मन्त्री चौधरीले बिहीबार बिहानसम्म राजीनामा दिएका छैनन् । रामेश्वरअघिका उद्योगमन्त्रीमा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी […]
काठमाडौँ, असार ५ गते । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको रकम हिनामिना गरी फरार ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । मितेरी सहकारीको रकम हिनामिना गरी विगत डेढ वर्षदेखि फरार भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन ९इन्टरपोल० मार्फत गत कात्तिकमा रेडकर्नर नोटिस र डिफ्युजन नोटिससमेत […]
काठमाडौं, ५ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। […]
बारा, ४ असार। बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ।nमकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताए । बाख्रा […]
बर्दिया/ईकान्तिपुर — भारतीय वन विभागले नेपाल भारत सीमाको दशगजा छेउमै खाडल (नाला) खन्न थालेको छ । दुई साता अघिबाट बर्दियासँग जोडिएको करिब १५ किमी सीमा क्षेत्रमा स्काइभेटर प्रयोग गरी उनीहरुले गहिरो खाडल खनेका छन् । गुलरिया नगरपालिका–८ सुरजपुरस्थित दशगजा नजिक खाडल खन्न नहुने भन्दै सशस्त्र प्रहरी बलले रोके पनि जबरजस्ती भारतीय वनकर्मीले खनेका […]











