काठमाडौँ/ईकान्तिपुर — प्रतिनिधिसभाको मंगलबारको बैठक सत्तारुढ दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले केहीबेर अवरुद्ध गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई वैशाख १७ मा पक्राउ गरिएको विषयमा छानबिन माग गर्दै दुवै पार्टीले प्रतिनिधिसभा बैठकको कामकारबाही अवरुद्ध गरेका हुन् । सभामुख देवराज घिमिरेलाई सरकारका नाममा रुलिङको माग गर्दै दुवै पार्टीले सदन अवरुद्ध गरेका […]

  बुटवल/ईकान्तिपुर — लुम्बिनी प्रदेश सरकारले प्रदेशका १४ वटै अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको छ । सरकारको वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी सरकारले यसअघि २०८० कात्तिक ७ गते दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा […]

  बर्दिया । भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र गैँडाको उचित वासस्थान घट्दै गएपछि करिब २० ओटा गैँडा भारत तर्फ गएका हुन् । भारतीय पक्षले नेपालका […]

  सुर्खेत । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या […]

काठमाडौँ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी […]

रौतहट  । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।   करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।   सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ ।  यस्तो अमानवीय व्यवहार गर्ने […]

  झापा, २२ बैशाख। लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा झापामा प्रहरीले गोली चलाएको छ। कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान प्रहरीले दुई राउन्ड गोली चलाएको हो। बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। गोली चलाएपछि मोटरसाइकल छोडेर कारोबारी भागेको खड्काले बताए। मोटरसाइकलबाट प्रहरीले २०० […]

  काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरीको गैर कानुनी गिरफतारीप्रति क्रुद्ध बनेका पार्टीका नेताहरु आज संसदमा सरकारसंग जवाफ माग गरेका छन्। सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग माग गरेका हुन । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२२ को किङ्गरियनपुरवा शिक्षा, स्वास्थ्यलगायत सबै हिसाबले पछाडि परेको बस्ती हो । नेपालगन्जमा अहिले नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशन चलिरहेको छ । महाधिवेशनको उद्घाटनमा पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई उपमहानगरपालिका–२२ मा रहेको किङ्गरियनपुरवा बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा बस्तीमा समस्या सुनेपछि मुख्यमन्त्री आचार्य गम्भीर र भावुक बन्नुभयो । सामान्यतया ज्ञापनपत्र बुझे पनि माग पूरा […]

  नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँई घाईते भएका कोहलपुर नगरपालिका वडा न. ११ का ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भएका थिए । […]