बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त बाघलाई थुन्नका लागि खोरको अभाव भएपछि थप दुई वटा खोर निर्माण कार्य भइरहेको छ । रम्मापुरमा दुई वटा खोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निकुञ्जको रम्मापुर पोष्टको छेउमा बाघको खोर निर्माण हुन लागेको हो । हाल बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारा र रम्मापुरमा चार वटा […]
काठमाडौं, १५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ। बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र […]
काठमाडौैं, १४ फागुन । भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ । भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन […]
नेपालगन्ज —बाँकेको नेपालगन्ज-१२ बेलासपुरमा पिकअप गाडी अनियन्त्रित भई घरभित्र पस्दा ६ वर्षीय दृश्यसिंह बुढाथोकीको मृत्यु भएको छ । ३ जना घाइतेको नर्सिङहोममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जानकारी दिए । उनका अनुसार बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा भे १ च ३८१५ […]
काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण […]
सञ्जय मिश्रा, रौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री रहमान प्राथमिक विद्यालयको । यस दुर्लभ विद्यालयका प्रधानाध्यापक र गुजराको नगर शिक्षा संयोजकको मिलोमतोमा बर्षेनी लाखौं रुपैयाँ भ्रष्टाचार हुँदै […]
नेपालगन्ज । प्रहरीले भारी मात्रामा लागु औषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्युरोको सूचनाका आधारमा लुम्बिनी प्रदेश र बाँके प्रहरीको संयुक्त टोलीले भारत बहराईच काजिपुरवाका २१ वर्षीया अल्बक्स खाँलाई पक्राउ गरेको हो । उनको साथबाट ७२२ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले सोमबार साँझ […]
नयाँदिल्ली, १३ फागुन । झारखण्ड प्रहरीले खुन्ती जिल्लामा तीन किशोरीलाई बलात्कार गरेको आरोपमा १८ नाबालिगलाई पक्राउ गरेको छ । समाचार अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना युवती […]
नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सञ्जीवनी अस्पतालको नाममा रुपान्तरण गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले २४ घण्टाभित्र अनुमति लिएको प्रमाण पेश गर्न निर्देशन दिएको छ । मेयर प्रशान्त विष्टले एक विज्ञप्ती जारी गरी उक्त निर्देशन दिएका हुन । उनले अनुमति लिएको नभएको भए सञ्जीवनी अस्पतालको बोर्ड हटाइ कानुन बमोजिम अनुमतिपत्र […]
प्रादेशिक अस्पतालका डाक्टरले निजी अस्पतालमा पठाएको बिरामीको अपरेसन गर्दा मृत्यु, घटनाको छानविनको माग
सञ्जय मिश्रा, रौतहट । रौतहटको सदरमुकाम गौरस्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एकजना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्। डाक्टरले लापरवाही पूर्वक गौर नगरपालिका- ३ का धर्मेन्द्र अधिकारीका छोरा १८ बर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवी भन्ने देवेन्द्र […]












