काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत १७ जिल्लाका साना नदीमा बहाव बढ्ने जनाएको । विभागका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ र यो जोखिम दुई दिनसम्म […]
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वयमा ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिपछि […]
बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका(१ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भूपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् । घटना बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको कारागार प्रशासनले जनाएको छ । घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दी […]
बैतडी । बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको छ। बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।
०८३ असार १९ गते (शुक्रबार) दिउँसोः देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। रातिः देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागको […]
बाँके । कृषि मन्त्रालयले मल अभाव हुननदिने दाबी गरिरहँदा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जकाले बाँकेका बाँकेका ८ वटै स्थानीय तहमा कोटा प्रणाली अनुरुप नाम मात्रको रासायनिक मल वितरण सुरु गरिएको छ। तराईमा हाल रोपाईको चाटारो छ । मल अभावले किसान हैरान छन् । लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ […]
गुल्मी/रासस । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । गए राति करिब १ः३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति […]
काठमाडौं । निक्षेपकर्तालाई सेयर दिएर कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्न असफल भएपछि नेपाल राष्ट्र बैंकले दोस्रो विकल्प अघि बढाएको छ । अब बैंकमा नयाँ संस्थापक भित्र्याएर पूँजी जुटाउने योजनामा केन्द्रीय बैंकले काम थालेको हो । निक्षेपकर्तालाई सेयरधनी बनाउने योजना नेपाल धितोपत्र बोर्डमा रोकिएको छ । केन्द्रीय बैंक तथा निक्षेपकर्ताको सहमतिमा यो प्रक्रिया अघि बढाएको […]
बीबीसी । केप भर्डका ४० वर्षीय गोलरक्षक भोजीन्यालाई एनएफएलका दिग्गज खेलाडी टम ब्र्याडीलाई इन्स्टाग्राममा फलोअरहरूको सङ्ख्याका आधारमा उछिन्न केवल ९० मिनेट लाग्यो। जारी विश्वकपको समूहचरणमा भोजीन्याको प्रभावशाली खेलका कारण केप भर्डले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। विश्वकपको एउटा प्रमुख दाबेदार टोलीसँगको खेलमा उक्त नतिजा आश्चर्यजनक थियो। त्यसपछि इन्स्टाग्राममा ५०,००० फलोअर मात्र भएका भोजीन्यालाई फलो गर्नेहरूको सङ्ख्या […]












