काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबी विरोध र उजुरीको कार्यतालिका तोकेको छ । पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ । आगामी […]

जानकी (बाँके)। बाँकेको राप्तिसोनारी-१ बैरियाका खुना जातिका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरूको नदीमा माछा मार्न जाने क्रम घटेको छ । राप्तिसोनारी-१ बैरियाकी रामकुमारी खुना भन्नुहुन्छ, “पहिला नदीमा ढुक्क भएर माछा मारिन्थ्यो । हिजोआज नदीमा गोही छाडेदेखि माछा मार्न जान डर लाग्छ ।” रामकुमारीको […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित वडा न.५ हलनचोक बस्ने १९ वर्षीय बिशाल विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

    नेपालगन्ज/गोरखापत्र । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने ‘रोड म्याप’ तयार पारेर अघि बढाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीतिसहितको ‘रोड म्याप’ कार्यान्वयन सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बाँके निकुञ्जमा पर्यटकलाई जाउँ–जाउँ […]

रासस/ लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगन्ज रोडको एक टहरा […]

  काठमाडौं । निर्वाचन आयोगले यसअघि नै निर्धारण गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ […]

रासस/ देउखुरी । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ । दाङका थारु बस्ती माघीमय भएका छन् । पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै […]

  नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा तीन सय दुई जनामा गरिएको र्‍यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी) मा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परेन । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडीटी जाँच गरिएको थियो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका […]

  काठमाडौँ/ईकान्तिपुर— शीतलहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । जेष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो कपडा र वासस्थानमा पहुँच नपुगेका व्यक्ति/ समूह प्रभावित हुन सक्ने र रोगको जोखिममा रहन सक्ने भन्दै केही साता अघि स्वीकृत ‘शीत लहर […]

  काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि […]