File photo बर्दिया — बुधबार दिउँसो चितुवाको आक्रमणबाट बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरका १० वर्षीय सिर्जन थारु घाइते भएका छन् । प्रहरीका अनुसार गुलरिया नगरपालिका–४ स्थित केराबारीमा पानी सिँचाइ गर्न हजुरबुवासँग खेतमा गएको बेला चितुवाले आक्रमण गरेको हो । बालक खाटमा बसिरहेको बेला चितुवाले टिपेर दौडिँदा होहल्ला गर्दा छोडेर भागेको हो । घाइते बालकको प्राथमिक उपचारपछि […]

  काठमाडौं, २० चैत । नेपाल र थाइल्याण्ड बिचमा बिभिन्न समझदारी भएका छन् । नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले र थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसु फाकिजकोसोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन भने पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका छन ।   त्यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घ […]

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकता घोषणा वैशाखमा हुने भएको छ । दुवै पार्टीले एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । एकीकरणलाई अन्तिम रूप दिन दुवै पार्टीले कार्यदल गठन गरेका छन् । दुवैका कार्यदलले प्रतिवेदन बनाउने काम गरिरहेका जनमतका उपाध्यक्ष एवं कार्यदल सदस्य अब्दुल खानले बताए । उक्त प्रतिवेदन पार्टीमा बुझाइसकेपछि पार्टी […]

  काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत भएको छ । उनीविरुद्ध नवलपरासीपूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । सांसद बस्नेतको अनुपस्थितिलाई बिदा मान्दै मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । सांसद बस्नेत उपचारमा रहेका कारण निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहेको भन्दै […]

  गुलरिया- जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता करणी मुद्दामा फरार रहेका बढैयाताल गाउँपालिका–१ का कुलबहादुर सुनारलाई करिव २३ बर्षपछि पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतले २०५९ बैशाख २९ गते फैसला सुनाउँदै तीन वर्ष कैद सजाय तोकेको थियो ।उनलाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–८ हवलदारपुरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि […]

बीबीसी । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक गतिविधिलाई लिएर प्रतिनिधि सभाको बैठकमा सोमवार गरेको ‘चेतावनीपूर्ण’ सम्बोधनपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति चैत १५ गते काठमाण्डूमा भएको प्रदर्शनका क्रममा हिंसा भएपछि भावी राजनीतिक घटनाक्रमलाई लिएर चासो बढेका बेला ओलीको सम्बोधनले थप ध्रुवीकरणको सङ्केत गरेको […]

  मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागु औषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोली माथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको […]

नेपालगञ्ज । बाँकेका पाँच स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच थालेको गरेको छ । जग्गा नापजाँचको काम कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा भइरहेको सुकुम्बासी समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनले कोहलपुर– ७, ९ र १३ वडा, बैजनाथ–७, जानकी–५, खजुरा–६ र राप्तीसोनारी–३, ४, […]

  नेपालगन्ज। नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जिल्लाका सातवटा स्थानीय तहसँगको समन्वयमा दुई दिनसम्म सञ्चालन गरिएको रोजगार मेलामा रोजगारी खोज्दै ठुलो […]