भैरहवा । सहकारीको रकम अपचलन गरेको आरोपमा छानबीनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि भैरहवा पुर्याइएको छ। उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। मंगलबार मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रवि लामिछाने बोकेको बुद्ध एयरलाइन्सको जहाज उडेको हो। उक्त जहाज […]
लुम्बिनी/रासस — लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईद्वारा प्रस्तावित बजेटमा […]
ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशी जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका […]
बिबिसी – पृथ्वी तात्ने क्रम नरोकिने हो भने मौसमसम्बन्धी चरम घटनाहरूको सङ्ख्या र शक्ति अझ बढ्दै जाने चेतावनी जलवायु वैज्ञानिकहरूले दिएका छन् ११ नोभेम्बर २०२४ संयुक्त राष्ट्रसङ्घले सन् २०२४ अभिलेख राख्न थालिएदेखि अहिलेसम्मकै सर्वाधिक गर्मी वर्ष हुन सक्ने चेतावनी दिएको छ। अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन (सीओपी२९) को पहिलो दिन प्रकाशित जलवायुसम्बन्धी प्रतिवेदनमा राष्ट्रसङ्घको एउटा […]
खजुरा। बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याइँकर्ताहरु भागेको बताउनुभयो । “नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिज्याइँकर्ताहरु थिए । उनीहरुलाई छुट्टाछुट्टै ब्लकमा […]
सुर्खेत। शुक्रवार दिउँसो बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ बाउसेखोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परि बारेकोट २ लिम्सा गाउँका ओईला घर्ती, सोही ठाउँमा तुलसी पुन, धनकली थापा, आकास घर्ती, निलु सिंह पद्मी घर्ती र जैकली रोकाय […]
धनगढी । बाख्रा चोरीको आरोपमा कुटपीट गरिएका कैलाली गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएपछि प्रहरीले पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाख्रा चोरी गरेको आरोप लगाउँदै सुरेशमाथि २४ कात्तिकमा निर्घात कुटपिट भएको थियो । उनको कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । पक्राउ […]
देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सोमबार दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई […]
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘ग २ च ९२४७ ‘पिकअपभ्यान’ आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएका सबैको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्युहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली […]
सुर्खेत —कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । ईकान्तिपुरका अनुसार गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट […]











