काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ । यस अघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार शनिबार साँझ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच […]
बर्दिया । लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण एक वर्षमा ५ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्यु भएको थियो । त्यस्तै, एक वर्षको अवधिमा भेडा र बाख्रा २१७, गाई र भैँसी ३१, बङ्गुर […]
बाँके/रासस । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको हो । जिल्लामा हाल करिब १० हजार लागुऔषध प्रयोगकर्ता रहेको लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनले बताए । “लागुऔषध न्यूनीकरणका लागि विभिन्न प्रयास गरिए पनि प्रयोगकर्ताको […]
बाँके, असोज ५ गते । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ । ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जका २ वटा हात्तीसहित सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाघको खोजीमा जुटेका छन् । बाघको खोजीका […]
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो […]
नेपालगन्ज- कर्णाली प्रदेश सल्यान जिल्ला शंखमुलका जितबहादुर क्षेत्री चाडपर्व मनाउन भारत सिमलाबाट घर फर्किएका छन् । नेपालगन्ज नाका भएर उनी साथीभाईहरु संग घर फर्किएका हुन । चाडपर्व मनाउन भारतबाट घर फर्किएको उनको लागि नयाँ होईन । एक दशकदेखि मजदुरी गर्न भारत आउजाउ गर्दै आएको क्षेत्री बताउँछन् । ‘कोरोनाको महामारी सुरु भएपछि घर फर्किएका थियो । […]
काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी गरिएको छ । यो विषयले अब राजनीतिक रंग समेत पाएको छ । मुख्यमन्त्री चन्द्रबाबु नायाडूले विगतको सरकारको समयमा तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिने गरेको आरोप […]
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज […]
काठमाडौं । बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज […]












