.काठमाडौँ । मानव बस्तीहरू मध्ये युरोप पृथ्वीको सबैभन्दा चिसो महादेश हो । बढ्दो तापक्रमका कारण यहाँ गर्मीका कारण मृत्यु हुनेको संख्यामा ठूलो वृद्धि हुनसक्छ । शताब्दीको अन्त्यसम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या तीन गुणासम्म बढ्न सक्छ । प्रकृति र वातावरणमा तीव्र परिवर्तनका बीच युरोपमा बढ्दो गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । […]
काठमाडौँ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा […]
दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
रासस/नेपालगञ्ज । सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत […]
नेपालगन्ज, भदौ ७ गते । डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् । डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले डुडुवाखोलाको कटानका […]
बर्दिया । पश्चिम तराईका थारु गाउँहरुमा धमाधम हरेरी पुजा भईरहेको छ । यो पूजाले थारु गाउँहरुमा पर्व सुरु हुने र खुसीयालीको संकेत गर्दछ । बर्दियाको बढैयातालगाउँपालिका ७ फुलपुर गाउँमा हरेरी पुजा सम्पन्नभएको छ । गाउँका ठुलो गुरुवा ठग्गा रामथारु, केसौकासितारा थारु र दिपकथारुले हरेरी पुजा गरेको गाउँका बरघर राम शरण थारुले बताए । धानबालीमा […]
चितवन । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान सवा ३ बजे हान्दा बाघको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी बाघसंग लड्दा घाइते भएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। ‘बाघ बुढो, असाध्यै दुब्लो […]
बाँके, भदौं ६ गते । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना भएको दावीसहित संलग्नलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको हो […]
देउखुरी (दाङ) — घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । रा ८ प ३३२३ नम्बरको मोटरसाइकलमा आएका दुई […]
५ भदौ/रासस = जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट […]











