काठमाडौं, १४ बैशाख । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ । बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । “प्रहरीको […]
काठमाडौं, १४ बैशाख । नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भए पछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । बिगत चैत २० देखी जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासंघले आकस्मिक बैठक बोलाएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो […]
बिबिसि । आयोजना शुरू भएको एक दशकभन्दा बढी समय बितिसक्दा पूर्व-पश्चिम रेलमार्गमा बल्लतल्ल साढे ३ प्रतिशत काम पूरा भएको रेल विभागका अधिकारीले बताएका छन्। विभागका प्रवक्ताले पर्याप्त बजेटको सुनिश्चितता नभएसम्म आयोजनाको निर्माण कार्यलाई गति दिन नसकिने बीबीसीलाई बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने आगामी बजेटमा पनि पर्याप्त रकम विनियोजन गर्ने अवस्था नरहेको […]
बर्दिया, वैशाख १२ — बर्दियामा थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले दुई दिने थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको समन्वयमा वैशाख १४ गते बारबर्दिया नगरपालिका–४, घोरपिट्टामा र वैशाख १५ गते […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टिबिच एकता हुने मिति सर्दै गएपछि अनेक शंका गरिएला बेला अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएपछि देश तरणित भएको छ । बैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको […]
काठमाडौं, १३ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुने भएको छ । शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेबाट वार्ता सुरू हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग शनिवार बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् । पौडेलले जारी विज्ञप्तिमा वार्ता र […]
काठमाडौं, १३ बैशाख / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। लुम्बिनी प्रदेशका तराईका […]
जनकपुरधाम । धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो । जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । गत सोमबार साँझ […]
दाङ। एक महिनामा सडक दुर्घटनामा परी बाँकेमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै बर्दियामा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । बाँके र बर्दियासहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । उनका अनुसार दुर्घटनामा परी रूपन्देही […]
गुलरिया — पौडी खेल्ने क्रममा बबई नदीको जब्दी घाटमा डुबेर बेपत्ता भएका गुलरिया नगरपालिका–५ का सृजन पोखरेलको शव तीन दिनपछि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोर टोलीले फेला पारेको छ । उनी डुबेको स्थानदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको बर्दिया प्रहरीले जनाएको छ । बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग बबई नदीमा […]











