पाल्पा/ईकान्तिपुर — श्रीमान् गाउँकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी (अहेब) छन् । श्रीमती बगनासकाली गाउँपालिकाकी मेलमिलापकर्ता हुन् । बिडम्बना ! ४३ वर्षीया उनै मेलमिलापकर्ता महिला यतिबेला बोक्सीको आरोपमा निर्मम कुटपिटमा परेकी छन् । कुटपिट गर्ने व्यक्ति स्थानीयस्तरमा झारफुकको काम गर्दै आएका २९ वर्षीय पदम बस्याल हुन् । बगनासकाली गाउँपालिका–९, चापपानीकी ती महिला गत जेठ ६ मा भैंसी बिरामी भएपछि झारफुक गराउन […]
मध्यविन्दु/ नवलपरासी (बर्दघाट सुस्तापूर्व)/ रासस- कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ। बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको […]
मोरङ । प्रहरीमा जागिर लगाइदिने भन्दै ३ लाखभन्दा बढी रकम ठगी गर्ने मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरिले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ […]
गुलरिया (बर्दिया), जेठ ११ गते । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ । आवश्यक जग्गा अधिग्रहणका लागि गत वर्ष सूचना जारी गरेको आयोजनाले मुआब्जा वितरणका लागि किसानका आवेदन सङ्कलन गर्दैछ […]
तानसेन, जेठ ११ गते । बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बगनासकाली गाउँपालिका–९, बस्ने २९ वर्षका पदम बस्याल छन् । पक्राउ परेका बस्यालमाथि नजिकैको छिमेकी एक महिलालाई निलडाम हुने गरी कुटपिट गरेको आरोप लागेको छ । गत जेठ ६ गते बिहान पीडित महिला भैँसीलाई लागो लागेको भन्दै […]
बर्दिया । ४० देखि ४२ डिग्री सेल्सीएस गर्मी छ । तापक्रमको पारो अझै उक्लिदो छ । गर्मीका कारण केही पश७३घढसचौपाया मरे । स्थानीय प्रशासनले गर्मीबाट जोगिन भन्दै सचेत रहन सर्वसाधारणहरुलाई आग्रह गरिरहेको छ । तर बढैयाताल गाउँपालिकाका रामदिन चौधरीलाई भने त्यसको कुनै पारवाह छैन । यस्तो उखरमाउलो गर्मीमा उनी नेपालगन्जमा असिनपसिन भएर मजदुरी गर्नमा ब्यवस्त […]
बीबीसी । प्राकृतिक रूपमा पाक्नुअघि नै बजारमा पाउन थालेका आँपमा रसायन प्रयोग गरिएको हुन सक्ने भन्दै विज्ञहरूले गुणस्तरप्रति उपभोक्ताहरू सचेत हुनुपर्ने बताएका छन्। खाद्य प्रविधि तथा फलफूल क्वारन्टिनका मामिलाका जानकारहरूले आँपलाई कृत्रिम रूपले पकाउन क्याल्सियम कारबाइडजस्ता रासायनिक यौगिकको प्रयोग गरिने भन्दै तिनको घातक असर हुन सक्नेमा सचेत गराएका हुन्। उक्त रसायनलाई फलफूलमा प्रयोग गर्न प्रतिबन्ध […]
बर्दीया । बर्दिया जिल्लाको बाँसगढी नरपालिका वडा न ४ स्थित सामुदायीक वनको मगरपुरको जंगलमा बाघको आक्रमणमा बाँकेकि मनिसा रोकयको मृत्यु भएको छ । बाँसगढी बजारबाट बैंकिङ काम सकी दिदी बहिनी घर फर्कने क्रममा जंंगलमा पिसाब गर्ने क्रममा वाघले आक्रमण गरेको हो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीयले जनाएका छ्न । मनिसा बाँकेबाट दिदिको बर्दिया […]
नेपालगन्ज, जेठ १० गते । बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सञ्चालन गरिने सो अभियानको तयारी बारे जानकारी गराउन स्वास्थ्य कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा सो जनाइएको हो । स्वास्थ्य […]
नेपालगन्ज, जेठ १० गते । बाँकेको कोहलपुरमा कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर […]











