बाँके । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार  बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

  नेपालगन्ज — स्वास्थ्य कार्यालय बाँकेकोतथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जनामा एचआईभी संक्रमण देखिएको छ ।   आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्रकुमार साहले भेरी अस्पतालमा ५ […]

बिबिसी ।  पछिल्ला केही दिनयता काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानको मौसम धुम्म देखिएको छ। दिउँसोको समयमा घाम नलाग्दा सामान्यभन्दा चिसो महसुस गरिएको अनुभव मानिसहरूले सुनाइरहेका छन्। भारतको मध्य प्रदेश र राजस्थानमा विकास भएको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको असरका कारण नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको मौसमविद्हरू बताउँछन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका […]

बाँके — कोहलपुर नगरपालिका–३ मदनचोकस्थित कमलनाथ योगीको घरमा गए राति १ बजेतिर आगलागीबाट पसल जलेर नष्ट भएको छ ।   इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घरधनी योगीको १० वटा कोठा भएको एक तले पक्की घरमा पाँच वटा सटरमा सञ्चालन गरिएका विभिन्न पसलहरूमा आगलागी भएको हो । तीमध्ये दिनेश शाहीले […]

  काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका –१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ। चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

  १४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । अनलाइन खबरका अनुसार जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ […]

नेपालगन्ज । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।  

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।   स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा लैजाने क्रममा मंगलबार सन्धिखर्क–गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटेनजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।

बर्दिया । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]

  बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टोलीले इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई ४० हजार घुससहित नियन्त्रणमा लिएको छ । लागूऔषधको मुद्दा सेटिङ मिलाइदिने भन्दै उनले ४० हजार घुस मागेका थिए । उक्त घुस रकमसहित अख्तियारको टोलीले साउदलाई पक्राउ गरेको हो । पक्राउ परेका […]