मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ। अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ। श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क […]
काठमाडौं, ३० भदौ- झापा, बिर्तामोड नगरपालिका-८ हर्चना चोक बस्ने टिकाराम भन्ने पुण्य प्रसाद अधिकारीले सोही ठाउँमा संचालन गरेको गाई फर्ममा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको दोस्रो तलामा रहेको बल्क बी डे केयरमा विद्युत सर्ट भई […]
काठमाडौं, ३० भदौ- दाङ, लमही नगरपालिका-४ ठूलोघुम्ना बस्ने ५८ वर्षीय ईश्वर चौधरी राजपुर गाउँपालिका-७ हाडबाँसस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ, रतुवामाई नगरपालिका-३ चौकीघाटस्थित रतुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । झापा, कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेची खोलामा हाल […]
मोरङ। १८ भदाै । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् । मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् । स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय […]
धरान (सुनसरी) रासस—सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह […]
काठमाडौं, १ भदौ- उदयपुर, बेलका नगरपालिका-९ कमलाबारी बस्ने ५२ वर्षीया कुमारी राईको भान्छा कोठा र गोठमा शनिबार राति आललागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापा, गौरादह नगरपालिका-३ स्थित अतिथी सदनमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको […]
दमक, २८ साउन । दमक- १० मा रहेको भालु खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।bबिहान करिब ७ बजेतिर स्थानीय इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई र सोही स्थानका कृष्ण प्रसाद ढकालका ११ वर्षीय छोरा भुपेन्द्र ढकाल घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा […]
पथरी, २३ साउन । पथरी शनिश्चरे नगरपालिकाको किर्तिपुरमा किर्तिपुर अस्थायी प्रहरी पोष्टलाइ लालपूर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार किर्तिपुर अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिले आयोजना गरेको पूर्जा हस्तान्तरण कार्यक्रममा जग्गादाताद्वय नरेन्द्रबहादुर थापा र चन्द्रबहादु केसीले ३ कठ्ठा जग्गाको पूर्जा हस्तान्तरण गर्नुभएको थियो । जग्गा किर्तिपुर अस्थायी प्रहरी चौकीलाई हस्तान्तरण गरिएको […]
पथरी, २२ साउन । इलाका प्रहरी कार्यालय पथरीले लागु औषध सहित ४ जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार भिन्न स्थानबाट ति युवालाई नियन्त्रण लिइएको हो । बिहिवार पथरी शनिश्चरेबाट-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित पक्राउ गरिएको हो भने रमाइलोबाट कानेपोखरी […]
ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेका २२ वर्षीय मनकुमार विकलाई आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ ६ बजे दाजुभाइबीच सामान्य विवादको क्रममा दाजु मनकुमारले भाइ २० वर्षीय रोशन विकलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी […]











