भद्रपुर (झापा), कात्तिक ६ गते । यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएन्ड सी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कुटपिटमा सङ्लग्न भएको आरोपमा […]
धनकुटा- रूपन्देही, मायादेवी गाउँपालिका-७ घागरा पुलस्थित सडकमा लु.१ ख ८७१८ नम्बरको बसले लुम्बिनी प्रदेश ०१-००२ प ९८०२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल मर्चवारी गाउँपालिका-१ बस्ने ६३ वर्षीय देबेन्द्र नाथ यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको […]
ओखलढुङ्गा । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटुवाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। उनको हत्या भएको अंशका गरिएको छ। प्रहरीका अनुसार मृतकको श्रीमानको केही वर्षअघि मृत्यु भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ ।
पाँचथर/ईकान्तिपुर —निरन्तरको झरीसँगै गएको पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको […]
काठमाडौं, १० असोज- काठमाडौं महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित बिनोद शर्माको फर्निचर उद्योगमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मोरङ, कटहरी गाउँपालिका-४ फूल टोल बस्ने अरबिन्द कुमार सिंहको घरमा बिहीबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ […]
मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ। अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ। श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क […]
काठमाडौं, ३० भदौ- झापा, बिर्तामोड नगरपालिका-८ हर्चना चोक बस्ने टिकाराम भन्ने पुण्य प्रसाद अधिकारीले सोही ठाउँमा संचालन गरेको गाई फर्ममा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको दोस्रो तलामा रहेको बल्क बी डे केयरमा विद्युत सर्ट भई […]
काठमाडौं, ३० भदौ- दाङ, लमही नगरपालिका-४ ठूलोघुम्ना बस्ने ५८ वर्षीय ईश्वर चौधरी राजपुर गाउँपालिका-७ हाडबाँसस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ, रतुवामाई नगरपालिका-३ चौकीघाटस्थित रतुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । झापा, कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेची खोलामा हाल […]
मोरङ। १८ भदाै । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् । मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् । स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय […]
धरान (सुनसरी) रासस—सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह […]










