सिरहा —सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले थुनामा राखेको पाइएको छ । सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको हो ।   अमृतलाई हिजो राति ११ बजे नै सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विवाह मण्डपबाटै […]

    सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको छ । उनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । पोखरेलको उपचारकै क्रममा बुधबार […]

काठमाडौं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई […]

    नकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी जलेश्वर नगरपालिका ९ का ६० वर्षीय बेचन रायको हत्या भएको छ । जलेश्वर नगरपालिका(९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको […]

धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो   जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको छ । प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला […]

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ । त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ […]

बनियानी । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

  सप्तरी /रासस—सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर […]

  बर्दिबास, असोज ३१ गते । महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा एक जीवित नवजात शिशु फेला परेको छ । बिहीबार भार्गेश्वर पोखरी नजिकको धानखेतमा करिब १५/१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जनाउनुभयो । शिशुले हल्का निलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा […]

धनुषा- विदेह नगरपालिका-२ दुहबी बस्ने छेदी ठाकुरको गोठमा सोमबार साँझ आगलागी हुँदा करिब १ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।