जनकपुरधाम । सशस्त्र प्रहरीले सोमबार साँझ सिराहाको लहान नगरपालिका १ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा( ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका(४ का […]
काठमाडौं, २० कात्तिक/ सिरहा, लहान नगरपालिका-३ सप्तऋषि अस्पताल नजिक बस्ने कपिल कुमार कामैतको पूजा मेकानिकल एण्ड इलेक्ट्रिकल वर्कसप ग्यारेजमा विद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा मेसिनरी सामानहरू, गाडीको सप्टवेयर मेसिन, स्प्रेय मेसिन, स्प्रेय पार्टस, रिन्जहरु लगायतका पार्टसहरु समेत जलेर करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनामल नष्ट भएको छ । साथै सोही स्थानमा […]
जनकपुरधाम, कात्तिक १७ . महोत्तरीमा दलित परिवारलाई बोक्सी भन्दै उनको सिंगो परिवारमाथि निर्घात कुटपिट भएको छ। गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि आक्रमण भएको हो। स्थानीय सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाका परिवारले बुधवार बिहान इतरियादेवी परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट इतरियादेवी, […]
१४ कात्तिक, जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको शंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । पक्राउ पर्नेहरुमध्ये एक जना उनकै […]
१३ कात्तिक, जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारको सितामढी गाढी बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं। ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो । बसलाई […]
२०८०रासस/इनरुवा — सुनसरीको कोसी गाउँपालिका- ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोसी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली […]
रासस/ मनहरी (मकवानपुर), कात्तिक ७/ भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा मंगलबार बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए। सुमो सडकबाट अन्दाजी २० मिटर […]
काठमाडौँ । मधेस केन्द्रित दलहरूले दसैँ, तिहार र छठ पर्वको मौका पारेर संगठन विस्तारमा जोड दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका दलले चाडपर्वको समयलाई सदुपयोग गर्दै तराई मधेसमा आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएका छन् । पहाडी क्षेत्रमा चाडपर्वका अवसरमा मानिसहरू […]
उदयपुर, ३ कात्तिक चौदण्डीगढी नगरपालिका-१० ईक्रा बस्ने ६४ वर्षीय चेत बहादुर निरौलाको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रासस/ सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार […]












