चितवन — मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको […]
तनहुँ, । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेस्ठ्ले बिहीबार ३९ वर्षीय श्रीमति प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या अभियुक्त श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दमौली/रासस- निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ। अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन। दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार दमौली बजार खण्डमा […]
काठमाडौं/रासस- काठमाडौंको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ घर भएका ४२ वर्षीय दिलबहादुर भुजेलको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरस्थित एक निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको […]
हेटौंडा/ रासस –काठमाडौंलाई जोड्ने हेटौंडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त […]
काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय गोतामे पक्राउ परेकिछ्न् । उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्रा गौतम मिश्रले बताए । प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ । उनले मुलपानीमा एक घर भाडामा लिएर […]
रासस/तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको […]
नारायणगढ, कात्तिक ३ गते । इलाका प्रहरी कार्यालय रत्न नगर चितवनको हिरासतमा एक थुनुवा मृत अवस्थामा भेटिएका छन् । भारत घर भई रत्न नगर नगर पालिका वडा नम्बर १३ बस्ने वर्ष ४५ का महमद क्यामूदिन थुना कक्षको बाथरुमको ढोका छेउमा मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका […]
काठमाडौं- चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गाचोकमा प्र-३-०३००१प २४९६ नम्बरको मोटरसाइकलबा.१च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीयरितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकलकलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलना.२५प ५७९९ नम्बरको मोटरसाइकलसँगठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको […]
चितवन/रासस- चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैंडा मृत भेटिएका छन्। साउन महिनायता ती गैंडा मृत भेटिएका हुन्। एउटा गैंडा करेन्ट लगाएर मारिएको हो भने दुई गैंडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैंडा मरेका थिए। जसमध्ये १८ गैंडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा […]












