चितवन/रासस ।  मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई […]

  ५ जेठ, काठमाडौं । भक्तपुरमा शौचालय जाने क्रममा लडेर खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराईको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा उनि घरको पहिलो तलाबाट लडेकी थिइन् । अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  

काठमाडौँ, जेठ ५ गते । लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रवार ट्राफिक प्रहरीले काठमाडौँको नाग ढुङ्गाबाट नियन्त्रणमा लिएको छ । गोरखापत्र अनलाईनका अनुसार ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका १ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ […]

काठमाडौं, जेठ ४ गते । ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका(३ ठेगाना भएका ४१ वर्षीय बलबहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका(१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा […]

ललितपुर । ललितपुरको कुपन्डोलमा आगलागी भएको छ। ललितपुर महानगरपालिका-१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा बिहीबार बिहान आगलागी भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिएका छन्। ‘८ तले भवनको छैटौं तलामा आगो लागेको हो। अहिले नियन्त्रणा आइसकेको छ,’ उनले भने। एसपी सुवेदीका अनुसार […]

काठमाडौं, ३१ वैशाख/ वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको […]

  सुलीकोट, बैशाख ३१ गते । गोरखामा सामाजिक सञ्जालमा अश्लील भिडियो बनाएर बेइज्जत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका – २ बस्ने वर्ष २५ का मनध्वज घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नाम परिवर्तित ध कुमारीको नाममा फेक […]

रासस/ काठमाडौँ —काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा शनिबार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार […]

  काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स […]

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ गरेको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे मा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।