काठमाडौ- भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समुद्घाटन भाद्र २० गते बिहान ११ बजे विशेष समारोहका बीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। आज नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा […]
काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ […]
थियानजिन (चीन)रासस — प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो । उनीहरूबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको […]
काठमाडौं, १५ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन्। एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै टिप्पणी गरे पछि एमाले महासचिव पोखरेलले उनलाई बिगतमा आफ्नै नेतृत्व सिद्दान्त बनाएको स्मरण गराएका हुन् । ‘जबजलाई […]
काठमाडौं, १४ भदाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक प्रतिनिधि मण्डल उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । उनको यो भ्रमण पाँच दिने हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीका अनुसार भ्रमण टोलीमा प्रथम महिला श्रीमती राधिका शाक्य, […]
काठमाडौं, १३ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान १०ः१५ बजेबाट सुरू हुनेछ ।
काठमाडौं, १३ भदौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने बिधायन ब्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय बिधी बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) […]
काठमाडौं, १२ भदौं। प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा पराजित हुने दावी गरेका छन्। एमालेको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा उनले सो दावी गरेका हुन्। सो भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको […]
काठमाडौं, १२ भदौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
काठमाडौं, ११ भदौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवा विधेयक, २०८ण् माथि दफावार छलफल गरिनेछ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]











