काठमाडौं, मंसिर ५ / काठमाडौंमा यही मंसिर ७ गते चार वटै सुरक्षा निकाय परिचालन गरिने भएको छ। नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्दैछन्। जिल्ला सुरक्षा समितिको छलफलले मंसिर ७ गते प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा तथा नेपाली सेनालाई ब्याकअपमा राख्ने निर्णय गरेको छ। साथै […]

    काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन् । उनले शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई/तीन जनाका लागि हरेक मानिसले घर […]

  रासस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताए। रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए। ‘राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा […]

  कात्तिक, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोज यादवले बिहीबार काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड भेट्दै एक महिने अल्टिमेटम दिनु, कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा बोल्दै प्रादेशिक अधिकार नपाए सिंहदरबारमा धर्ना बस्छु भन्नु र लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले केन्द्र सरकारबारे कडा टिप्पणी गर्नु एकै दिनको संयाेग मात्रै थिएन । पोहोर साउन पहिलो साता तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।

  २२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्री गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार समितिमा छैनन् । समितिको सदस्यहरुको नामावली : १. न्याय प्रशासन तथा विधायन समिति अम्बरबहादुर […]

  काठमाडौं, । नेकपा एमालेले बुधबार मध्याह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएको छ। सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने जनाइएको छ ।

  २० कात्तिक। नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन कर्णालीका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले स्थगित गरेको छ । केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो । ‘काठमाडौं केन्द्रित जनप्रदर्शनको कार्यक्रम स्थगित भएको छ । जाजरकोट र रुकुममा गएको भूकम्पबाट उत्पन्न परिस्थितिका कारण तत्काल त्यसलाई स्थगित गर्ने […]

काठमाडौँ । ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरूद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरूद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरूद्ध बोल्न पाइन्छ ।’ यो अभिव्यक्ति हाल नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी रामकुमारी झाँक्रीले २०७७ साल माघ २९ गते […]

    काठमाडौँ — जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देश (टाइटानिक) जहाज जस्तै डुबिरहेको बताएका छन् । अँध्यारो कोठामा तीन नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता भन्न नसकिने उनको तर्क थियो । अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको समेत बताए । उनले देशमा जनताका लागि लोकतन्त्र […]