असोज, काठमाडौं ।  संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री  पुस्पकमल दाहाल चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि […]

    असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य […]

  बुटवल — एमालेको बिहीबार बुटवलमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले  लुम्बिनीका १२ जिल्लामा  पुस भित्रै अधिबेशन गर्ने निर्णय गरेको छ । तीमध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र गर्ने निर्णय गरेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।   भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार […]

  काठमाडौं । सर्वसम्मतको प्रयास गर्न भन्दै नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् म अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको […]

  धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताबाट गाडी फिर्ता ल्याएको छ । प्रदेश सभाको सार्वजनिक लेखा समितिले गत महिना ती गाडी ऐन विपरीत संसदीय दलका नेताले प्रयोग गरेको ठहर गरेको थियो। समितिले सचिवालयलाई ऐन विपरित प्रयोग भइरहेका गाडी तीन दिन भित्र फिर्ता लिन […]

नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाउन ढिलाइ भइरहेका बेला कांग्रेस र माओबादीबीच मन्त्रालय लिन तिब्र मतभेड छ । सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय पाउने सहमति भए पनि सरकारले पुर्णता पाउन सकेको छैन । माओबादीले सहमति अनुसार मन्त्रालय नपाएको असन्तुष्टी जनाउँदै मन्त्री समेत फिर्ता बोलाउने चेतावनी दिइसकेको […]

  ९ असोज, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् । स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ । प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले […]

  विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।   त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । […]

  काठमाडौं । नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ सम क्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको […]

  काठमाडौँ/ईकान्तिपुर — माओवादी नामबाट राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह कम हुँदै गएको छ । माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय […]