खजुरा २०८१ असार २कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री महेन्द्र केसीले चालु आर्थिक वर्षको भन्दा २ अर्ब कमको बजेट शनिबारको प्रदेश सभामा पेस गरे । केसीले कर्णालीलाई कृषि उपजमा आत्मनिर्भर बनाउनेदेखि यहाँको गरिबी, बेरोजगारी, न्यून उत्पादन, परनिर्भरता र पछौटेपनको दुष्चक्रलाई […]
देउखुरी, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१्०८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले ३५ देखी ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० […]
नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनाको तीन वर्षपछि पहिलो पटक महाधिवेशन गर्दैछ, जसलाई नेपालका कम्युनिस्ट पार्टीहरूको चलनचल्तीको परम्परा पछ्याउँदै दशौं महाधिवेशन भनी नाम दिइएको छ । पार्टीका महासचिव घनश्याम भुसाल त्यसको अध्यक्ष पदमा लड्ने तयारीमा देखिन्छन् । नेकपा ९एस० का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको दाबेदारी बीच महासचिव भुसालको नाम पनि चर्चामा आइरहेको छ […]
काठमाडौं/सेतोपाटी – एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। बुधबार बसेको सचिवालय बैठकले यसअघि गरेको व्यवस्था उल्ट्याउँदै केन्द्रीय कमिटी र आयोगका सदस्य आ–आफ्ना क्षेत्रबाट चुनिएर आउनुनपर्ने व्यवस्था गरेको हो। यसअघि विधान अधिवेशनमा केन्द्रीय अध्यक्षदेखि सदस्यसम्म तलैबाट चुनिएर महाधिवेशन प्रतिनिधि आउने निर्णय भएको थियो। ‘त्यसो गर्दा व्यवस्थापन हुन […]
काठमाडौँ, जेठ ३१ गते । परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने […]
काठमाडौं महानगरपालिकाले बुधबार विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा आकस्मिक अनुगमन गर्यो । अनुगमनका एक सदस्यका अनुसार महानगरका केही कर्मचारीहरुले सिंहदरबारकै क्यान्टिनमा बच्चाहरुलाई काम लगाइरहेको भन्ने गुनासो टोलीसामु राखेका थिए । सोही गुनासोसहित संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुको अनुगमन गरेको महानगरपालिकाको टोलीले ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएकाहरुमा १८ वर्ष […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव फेरि निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।
३० जेठ, दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । […]
लेखनाथ, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ । उहाँहरू दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गुरुङ […]
जनकपुर, जेठ २९ गते । मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । सरकारको तर्फबाट मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो […]












