दाङ/माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार लुम्बिनीसहित सातै प्रदेशस्थित निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता भइरहेको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँट गरी साझा उम्मेदवार तय गरेका छन्। जसअनुसार लुम्बिनीमा पनि सत्ता गठबन्धनमा रहेका दलहरू र नेकपा […]
काठमाडौं । निर्वाचन आयोगले यसअघि नै निर्धारण गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ। भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ […]
काठमाडौँ/रातोपाटी । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको […]
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो […]
१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पहिलो महाधिवेशन यही पुसस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको छ । महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् दघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा) का नेतालाई समेत सहभागी गराउने बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक […]
काठमाडौं/सेतोपाटी/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर मिडिया पब्लिकेसनविरूद्ध मुद्दा हालेका छन्। लामिछानेका वारेस अधिवक्ता अफताब आलमले मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। ‘कान्तिपुर पब्लिकेसनले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय […]
बुटवल । राष्ट्रिय सभा सदस्य पदमा लुम्बिनी प्रदेश अन्तर्गत दुई सिटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदी ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । ती दुई सिटमध्ये सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसले आफ्नोतर्फ रिक्त हुने सिटमा स्वाभाविक रुपमा दाबी गर्दैछ । गठबन्धनभित्र रहेका दलहरुमा जुन पार्टीको सिट रिक्त हुँदैछ, त्यहाँ […]
काठमाडौं । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । […]
बुटवल/अनलाईन खबर । लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार दाङको देउखुरीमा बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत […]
बिबिसि । ‘नागरिक अभिनन्दन’ लिन पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्। नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार शाह शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न कपिलवस्तु जाँदै छन्। त्यस्तै पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ। […]












