काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आज बिहान ११ बजे भद्रकालीबाट सुरु हुने ¥याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख मानिस सहभागी गराउने लक्ष्य रहेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार […]
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश गर्ने भएको छ । योगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्वाचन चिह्नसमेत प्रदान गरिने आयोगले जनाएको छ । मतदान भने मंसिर […]
बाँके । संविधानसभा सदस्य ६० वर्षीय हाजी अब्दुल हमीद सिद्दिकी (भोला) को अचानक मुटुमा सस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालानिकट रहेर संगठनमा काम गरेका सिद्दिकी मुस्लिम समुदायमा शिक्षाको पहुँचका लागि निरन्तर आवाज उठाउँदै आएका थिए । उनले मुस्लिम समुदायमा हज गर्न जाने हजयात्रीका लागिसमेत काम गरेका […]
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र […]
काठमाडौं । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गर्ने सहमति गरेका छन् । उनीहरूबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन र काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई सघाउने सहमति भएको हो । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष […]
काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
बागमती/रासस- प्रमुख राजनीतिक दलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को रिक्त वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लगाएका छन्। गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो। निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंसिर […]
काठमाडौं । आसन्न उपनिर्वाचनमा ४ गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेदवार बन्न पाउने भएका छन् । आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् । ती गाउँपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उम्मेदवार बन्न […]
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन […]











