काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म […]
काठमाडौं । प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ । यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ ।
दाङ। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । ती पत्रहरूमा सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनःगठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई […]
काठमाडौँ — नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा रङ प्रहार भएको छ । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए । प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ । बस्नेत युवा जागरण अभियानको कार्यक्रममा सहभागी हुन […]
काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै अन्य सबै राजनीतिक दलले पनि भाग लिनुपर्नेमा जोड दिएको छ । कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक छ। धैर्य, संघर्ष र त्यागका […]
काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् । पूर्ण पाठः
काठमाडौँ रासस— सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ । […]
काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेदेखि मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको कार्यव्यस्तताले सोमबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक मंगलबार बसिरहेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की विभिन्न कार्यक्रममा सहभागी भएकाले मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन ।
काठमाडौँ । वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् । पूर्वप्रधानमन्त्री डा. […]










