गुल्मी/रासस । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट–५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । गए राति करिब १ः३० बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति […]

बर्दिया — जिल्लामा गत साउनदेखि जेठसम्म ४६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । सोही अवधीमा ४ सय ५२ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले ११ महिनाको अवधिमा सामान्य घाइते ४ सय ५६ सहित ९ सय ८ जना घाइते भएको बताए । यस […]

नेपालगन्ज- बाँकेको खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा बनेको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शितभण्डार संञ्चालन गर्ने सहकारी वा फर्म सम्पर्कमा नआउदा पालिकालाई चुनौती थपिएको छ । एक हजार पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार गाउँपालिकाले सञ्चालनका लागि शहकारी संस्था वा कृषि फर्मलाई २ पटक प्रस्ताव अवहान गर्न सुचना निकालेर आग्रह गरे पनि कोही […]

    डुडुवा (बाँके)  । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज बुधबार बसेको २०औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड ८० लाखको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, […]

कपिलवस्तु- कपिलवस्तु नगरपालिका–८ निवासी विद्यावती कोरी २०८१ साल असार ११ गते बच्चा जन्माउन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) पुग्छिन् । असार १२ गते उनको शल्यक्रिया भयो । परिवारका अनुसार बच्चाको अवस्था जन्मेदेखि नै जटिल रहेकाले तत्काल एनआईसीयूमा राखियो । उपचारकै क्रममा ३–४ दिनपछि शिशुको मृत्यु भयो । त्यसपछि असार १६ गते विद्यावतीलाई अस्पतालबाट […]

बर्दिया बढैयाताल, ६ असार २०८३ बर्दियाको बढैयाताल ४ मा रहेको श्री लावाजुनी कृषक समुहका सदस्यहरुलाई स्थानीय रैथाने जातका बंगुरका पाठापाठी बितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारिया, बर्दियाको अनुदान सहयोगमा शनिवार कृषक समुहका २१ जना किसानहरुलाई जनही २/२ वटाका दरले ४२ वटा बंगरका पाठापाठी बितरण गरिएको समुहका अध्यक्ष रोगाही थारुले बताउनुभयो । […]

  बर्दिया — मलामी बस्ने टहरा भत्काएको बनका अधिकारीहरुले फेरि बारबर्दिया नगरपालिका–४ झोलुङ्गे पुल जाने बाटोमा निर्माणाधीन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीले बिहीबार निर्माणाधीन कल्भर्टका सातवटा सरिया काटेपछि स्थानीय आक्रोसित भएका छन् । सरिया काटेको जानकारी पाउनासाथ स्थानीय सर्वसाधारणले अवरोध गरेपछि वनका कर्मचारीको भागाभाग भएको थियो । बैरियाघाटस्थित बबई […]

  डुडुवा (बाँके)  । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको ‘डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीति २०८३’ बारे कार्यपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग छलफल गरिएको छ । कार्यक्रममा मिडिया नीतिको मस्यौदामा समेटिएका विभिन्न व्यवस्था, स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, सूचना प्रवाह प्रणालीको सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा सञ्चारमैत्री स्थानीय शासनको अवधारणाका विषयमा विस्तृत छलफल गरिएको थियो । […]

  काठमाडौँ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको छ । एक १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।

नेपालगन्ज — बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा ३८ वटा नयाँ पिलर निर्माण तथा ९५ वटा पिलरको मर्मत–सम्भार गरिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मत–सम्भारको तयारीका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड कार्यक्रमअन्तर्गत फिल्डमा साढे दुई महिना लगाएर काम गरिएको हो। चैत ८ गते काठमाडौंबाट नेपालगन्ज आएको उपसचिवको नेतृत्वको टोलीले नेपाल–भारत […]