नेपालगञ्जमा चोरको बिगबिगी भएको छ।   घरघरमा चोरी गर्ने चोरहरूले अहिले पसलको सामान चोर्ने गरेका छन् । बाँकेका विभिन्न ठाउँमा प्रहरी सुरक्षाको कमजोरी पत्ता लगाइ चोरहरुले  चोर्ने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । विशेष गरी लग्दवा, सुर्जेगाउँ र कारकाँदो एरिया एरियामा पछिल्लो दिनमा चोरीका घटनाहरू बढ्दै गएका छन्। आइतबार राति मात्रै नेपालगञ्ज १८ सुर्खेत रोड […]

राँझा (बाँके), कात्तिक ९ गते । राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक शनिबार बाघको […]

  नेपालगन्ज । बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि […]

  बर्दिया /ईकान्तिपुर—गत मंगलबार दिउँसो बारबर्दिया नगरपालिका–११ का ४६ वर्षीय भादु थारु चितुवाको आक्रमणबाट घाइते भए । आफ्नै खेतमा धान काटिरहेका बेला चितुवाको आक्रमणमा पर्दा उनको टाउकोमा चोट लागेको हो । गएकाे शनिबार खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा गुलरिया नगरपालिका–१० रत्नापुरकी ४० वर्षीया किरण लोध घाइते भएकी थिइन् । गत शुक्रबार दिउँसो खतेमै […]

बर्दिया /ईकान्तिपुर— बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोलामा १० वटा गोही छाडेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरन भक्त घले समेतको संयुक्त टोलीले खोलामा गोही छाडेका हुन्। बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रबाट निकुञ्जको कटटस स्थित खौराहा खोलामा छाडेको हो । बर्दिया […]

  बाँके-   खजुरा गाउँपालिका-७ चाईना भट्टा बस्ने २४ वर्षीय रोहित बढैको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका-१९ सुर्जेगाउँस्थित घरमा जडान गरिएको ईन्भटरको तार छुटाउने क्रममा करेन्ट लागेरगम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपालगन्ज, असोज ३० गते । नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । यस विमानस्थलले पश्चिम नेपालमै सबैभन्दा बढी हवाईसेवा प्रदान गर्दै आएको छ । आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको तीन महिनाअघि नै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ […]

बाँके- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लार्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन । तीहार मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव […]