गुलरिया —बर्दियाको गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव बेपत्ता भएको चार दिनपछि गणेशपुरस्थित घरदेखि २ किमि उत्तर गुडी खोलाको किनारमा सोमबार फेला परेको छ । असोज १७ गते शुक्रबार करिब ३ बजे गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलमा […]
नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई पक्राउ गरिएको छ भने ४६ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए । भाग्ने क्रममा प्रहरीले गोली प्रहार […]
दाङ- आफ्नै श्रीमान ६४ वर्षीय ढाल बहादुर चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ गैरागाउँ बस्ने ६२ वर्षीया माया चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारणमायाले टर्च लाईट टाउकोमा प्रहार गर्दा ढाल बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]
काठमाडौँ/ईकान्तिपुर—बाँकेको नेपालगञ्जमा बरामद भएको गोलीको खोका प्रहरीको तालिम केन्द्रबाट लगिएको पाइएको छ । नेपालगञ्ज–३, एकलैनीमा बरामद २ हजार ९६ वटा गोलीका खोकाको स्रोत खोज्दै जाँदा त्यो कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको भएको पाइएको हो । यो तालिम केन्द्र नेपालगञ्जमै छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार, प्रहरीको तालिम केन्द्रमा प्रयोग भइसकेका […]
दाङ, १० असोज- घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको सोही ठाउँस्थित बाहुन डाँडा कुलोले बगाएर बिहीबार बेलुकी मृत्यु भएको छ । कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँस्थित वनगाउँ चोक नजिकै […]
काठमाडौं, १० असोज- बाँके, बैजनाथ गाउँपालिका-८ चौफेरीस्थित मानखोलाको झुलुङ्गे पुल नजिकै सोही गाउँपालिका-६ बस्ने होम बहादुर सुनारको छोरा १३ वर्षीय आयुस सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-२ नाबुकस्थित झर्नाको खोंचमा जमेको पानीमा ओखलढुंगा मोलुङ गाउँपालिका-७ पातले बस्ने ४० वर्षीय शेर लाक्पा शेर्पा बिहीबार मृत अवस्थामा फेला परेका छन् । […]
बर्दिया / ईकान्तिपुर—मुलुककै दुर्लभ वन्यजन्तमा सूचीकृत कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक भित्रिन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आएका पर्यटक करिब ४५ किमी दूरीमा रहेको गुलरिया नगरपालिका–२ खैरापुरमा आउन थालेका छन् । कृष्णसारलाई अंग्रेजीमा ब्लाक बक भनिन्छ । गत आर्थिक वर्ष ०८१/०८२ मा स्वदेशी, सार्क र विदेशका गरि ४ हजार […]
नेपालगन्ज, असोज ७ गते । हिन्दुको महान् पर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् । नेपाल–भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरू अहिले स्वदेश फर्किरहेको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट नेपाली […]
काठमाडौं, ५ असोज- रूपन्देही,बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २२ वर्षीय राहुल थापाको सोही ठाउँस्थित तिनाउ खोलाले बगाएर शनिबार साँझ मृत्यु भएको छ । खोलालेबगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवीनगर, वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बुटवल उपमहानगरपालिका-११रानीगंजस्थित तिनाउ खोलामा उनको शव फेला परेको हो । बारा,आदर्शकोतवाल […]
काठमाडौं, ५ असोज- बर्दिया,बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २० ट्याब्लेट सहित जुम्ला चन्दनाथ नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ अदौराकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ […]










