१४ पुस, दाङ । दाङको बंगलाचुली गाउँपालिका– ४ स्थित गदारीमा रहेको कोइला खानीको सुरुङभित्र घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी मृत फेला परेका छन् । पुस ८ गते घरदेखि घोराही बजार जान भनेर निस्किएका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए । शुक्रबार उनी मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी […]

बर्दिया / बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ र ८ लाई जोड्ने बुढी खोलामा सिग्नेचर ब्रिज निर्माणका लागि काम आगाडी बढाइएको छ । उक्त पुल निर्माण गर्नका लागि अहिले डिपिआरको काम भैरहेको छ । डिपिआरका लागि फिल्ड भिजित गर्ने क्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भने, यो लुम्बिनी प्रदेशको पहिलो सिग्नेचर ब्रिज […]

बर्दिया/ बासगढी नगरपालिका-५ हाउपुर चोक बस्ने टेक बहादुर डाङ्गीको घर नजिकै रहेको परालको टौवामा बुधबार राति आगलागी भई उक्त आगो फैलिएर सँगै रहेको गोठमा समेत आगलागी हुँदा गोठ र पराल पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको […]

प्यूठान — प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। प्रहरीका अनुसार नमस्ते दाङ यातायात प्रालिको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको भालुबाङमा उपचार हुँदै छ ।

  बर्दिया, २०८० पुष ६ शुक्रबार बर्दियाको बढैयाताल गाउँपालिका ९ मुक्त कमैया बस्तीका स्थानीयसंग लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भेटघाट गरी स्थानीय समस्याबारे छलफल गर्नु भएको छ । मन्त्रिसंगको भेटघाट कार्यक्रममा स्थानीयहरुले बाटोघाटो, पुल, कल्भर्ट, शिक्षा, खानेपानी, नदी कटानसंगै भुमिहिनको समस्या दर्शएका थिए ।   स्थानीय टेशनपुरका बरघर कान्छु थारुले भने, यो […]

नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका १ धम्बोजी स्थित सवारी साधनको व्याक लाईट नहुँदाको कारणले गर्दा हुने सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा स्पष्ट नदेखिने साधनहरुमा रिफ्लेक्टर टाँस गरिएको छ। नम्बर प्लेट अस्पष्ट भएका सवारी साधनको नम्वर लेखाई सुधार गरी जनचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको हो । बाँके जिल्लाका […]

  बुटवल । बुटवलको साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेका छन् । फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल […]

रासस/गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले […]

    रासस/ देउखुरी । घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर […]

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो ।             स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र […]