नेपालगन्ज, असोज ३० गते । नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । यस विमानस्थलले पश्चिम नेपालमै सबैभन्दा बढी हवाईसेवा प्रदान गर्दै आएको छ । आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको तीन महिनाअघि नै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ […]

बाँके- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लार्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन । तीहार मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव […]

बर्दिया/ईकान्तिपुर — वर्तमान सरकारले गरेको भूमि आयोग खारेजको निर्णयलाई सच्याउन संयुक्त भूमि अधिकार संघर्ष समितिले माग गरेको छ। यही असोज २३ गते मन्त्रिपरिषद्ले गरेको भूमि आयोग खारेजको निर्णयलाई सच्याउन संघर्ष समितिले माग गरेको हो । मन्त्रिपरिषद्ले गरेको आयोग खारेजको निर्णय प्रति घोर विरोध गर्दै खारेज आयोगलाई पुनर्स्थापना गरी बाँकी कामलाई निरन्तरता दिन आइतबार पत्रकार सम्मेलन […]

काठमाडौं- काठमाडौं, दक्षिणकाली नगरपालिका-७ बैरेस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । दैलेख,दुल्लु नगरपालिका-४ स्थित घरको बरण्डामा चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ बस्ने ६० वर्षीय शक्ति रोकाय आइतबारमृत अवस्थामा फेला परेका छन् । इलाम,इलाम नगरपालिका-१ सानोमझुवास्थित खोल्सामा सोही नगरपालिका-१ नेपालटार बस्ने ३३ वर्षीय सुदिर दास शनिबार […]

नेपालगन्ज, असोज २३ गते । बाँकेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई कुनैपनि प्रदर्शन, जुलुस, र्याली तथा कार्यक्रम गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै प्रशासनको स्वीकृत– अनुमति बिना कुनै पनि किसिमको जुलुस, प्रदर्शन, विरोध कार्यक्रम तथा र्याली गरिएको भेटिएमा त्यसबाट पर्न जाने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकले लिनु पर्ने जनाएको […]

बाँके । जबरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका ५, उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारू पक्राउ परेका छन्। उनलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। पीडित किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले प्रेम थारूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको

सिरहा, असोज २२ गते । यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ । […]

  दाङ। घोराही उपमहानगरपालिका –१ का ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान–श्रीमतीबिच आपसी विवाद हुँदा छायादेवीले टर्च लाइटले श्रीमानको टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपमा पक्राउ परेकी छायादेवीमाथि थप अनुसन्धान जारी रहेको छ ।