बर्दिया, मंगलबार १३ जेष्ठ २०८२ बर्दियाको गुलारियामा ५ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । टि.एस.टी मिडिया प्रा.लिको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा पत्रकारिता तालिम सन्चालन भएको छ । तालिम टि.एस.टी मिडिया प्रा.लि.का सम्पादक सुनिल रेग्मीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद माननिय राज कुमार चौधरी गरेका […]
पाल्पा/ईकान्तिपुर — बुटवल उपमहानगरपालिका–४ का १७ वर्षीय दिपेश सुवेदी र १७ वर्षीय अभिषेक श्रेष्ठको एकै दिनमा तिनाउ खोला बाँधस्थलमा डुबेर मृत्यु भयो । एसईई दिएर बसेका उनीहरू बुटवलको उखरमाउलो गर्मी छल्न तिनाउ खोलाको दोभान क्षेत्रमा आएका थिए । झन्डै दुई साता अघिको यो घटनामा पहिला अभिषेक र पछि दिपेशको शव भेटियो । केही दिनअघि मात्र […]
बुटवल, १३ जेठ । लुम्बिनी प्रदेश सभा बैठक बस्दैँछ । सो बैठकमा आज दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना […]
रूपन्देही, १२ जेठ सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगर डेरा गरी बस्ने भारत उत्तर प्रदेश दराम उसका बजार घर भएका ३५ वर्षीय रामसेवक विश्वकर्माको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको छ । आफ्नै कोठामा सिलिङ पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]
कपिलवस्तु — आइतबार बिहान ७ बजे ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास चुहिएर आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार उनीहरु दाजु बहिनी हुन । शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको अवस्थामा उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा […]
बर्दिया- बढैयाताल गाउँपालिका-८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँकेनेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट […]
नवलपरासी —पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेस्थित अवरुद्ध रहेको राजमार्ग अहिले केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार खुर्सानी खोलामा गएराति सडक भासिएर अवरुद्ध भएको थियो । सडक भासिएको स्थानमा वैकल्पिक अस्थायी सडक निर्माण गरेर सडक सञ्चालन गरिएको हो । बिहान पौने १० बजदेखि यातायात आवागमन सुरु भएको छ । […]
बबई (बर्दिया), जेठ ९ गते । गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ मा मामाघर आएकी नौ वर्षीय बालिका मेलिना खड्काको सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणमा परी मृत्यु भयो । साथीसँगै घाँसदाउरा गर्न सर्जु सामुदायिक वन पुगेकी मेलिनाको मृत्युसँगै बर्दियामा विगत पाँच वर्षमा मानव–वन्यजन्तु द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वन […]
बर्दिया,बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकोभे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध […]
बाँके- नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको […]










