रूपन्देही, २ जेठ/ देवदह नगरपालिका-११ रेहेरा बस्ने ४५ वर्षीय विर बहादुर गुरूङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-१ विर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ […]
दाङ, जेठ २ गते । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको छ । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका […]
दाङ, ३१ वैशाख/ १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खजुरा, वैशाख ३१ गते । नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन […]
३० बैसाख , बर्दियाको बढैयातालमा पालिका अध्यक्ष तथा उपाध्यक्ष संग यूवा संवाद गरिएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजनाले आइतवार मैनापाेखरमा यूवाको सवाल र स्थानियतहको भुमिका बिषयमा संवाद गरिएको हो । स्थानियतहले सञ्चालन गर्ने स्थानियस्तरको नीति तथा कार्यक्रममा किशोर किशोरी तथा युवाको सवाल लाई सम्बोधन गर्नको लागि स्थानिय सरकारको […]
नेपालगन्ज । गएको शुक्रबार राति मोटरसाईकल र दुई थान मोबाईल चोरी गर्ने पक्राउ परेका छन् । प्रहरीका अनुसार रा २ प ४५३४ नम्बरको मोटरसाईकल र दुई थान मोबाईल चोरी भएको थियो । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा जिल्ला बाँके नेपालगंज १३ बस्ने कैयुम राई र कमरुद्दिन साईलाई चोरी गरेको […]
दाङ —घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् । अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया […]
नेपालगन्ज, वैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत केही समययता नेपालगन्ज र सो वरिपरिका स्थानहरूबाट बारम्बार मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरेर सो बारेमा खोजी कार्य जारी राखेको थियो । मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको […]
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख तथा जसपाका बाँकेका अध्यक्ष कमरुद्दिन राईले उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमै रहेको बताएका छ्न । उपप्रमुख राईले एक विज्ञप्ति जारी गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको जनाएका छ्न । संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक […]
नेपालगन्ज, वैशाख २८ गते । नेपाल बार एशोसियसनमा आबद्ध कानुन व्यवसायी र अधिकारकर्मीले बाँकेको नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् । एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वपसन्त गौतम, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्रबहादुर शाही, बाँके जिल्ला बारका अध्यक्ष महेरसिंह खत्री र अधिवक्ता वीरेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा बालसुधार गृह र […]












