बीबीसी – नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको भनिएको दुई महिनामै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरूले उडान रोक्ने तयारी गरेसँगै विज्ञहरूले यो विमानस्थल निर्माणका क्रममा भएको त्रुटि औँल्याएका छन्। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि यसको दिगो सञ्चालनको पक्षबारे रणनीति बनाउन नसकेका कारण उडान प्रभावित हुने अवस्था आएको कैयौँ देशका वायुसेवामा काम गरिसकेका सेवानिवृत्त क्याप्टेन […]

नेपालगन्ज, ३० मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्रशिक्षक प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर उपप्रमुख कमरुद्दीन राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उप […]

बर्दिया ।  बर्दियाको गुलरियास्थित बर्दिया अस्पताल नजिकै स्कुटि दुर्घटना हुँदा बाबु र छोरिको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार मृत्यु हुनेमा गुलारिया ६ का रामकुमार साह छोरि ६ बर्सिया बिद्या साहको मृत्यु भएको छ । रामकुमार साहले  चलाएको बा६८ प ७०३६ नम्बरको स्कुटि ट्रयाकटरमा ठोक्किएर दुर्गघटना भएको प्रहरिले जनाएको छ । स्कुटिमा साहसहित ४ जना […]

  घोराही (दाङ), मङ्सिर ३० गते । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले […]

  बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा शनिवार विहान ६ जना स्थानीय घाइते भएका छन् । स्थानीयका अनुसार घाइते हुनेमा झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार […]

  बुटवल । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो । गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल […]

नेपालगन्ज, २६ मंसिर २०८१ नेपालगन्जमा संञ्चालन भैरहेको भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिमका प्राशिक्षकहरुलाई फिल्डमा अनुगमन गराएर गड्यौला मल र झोल मल बनाउने प्रयोगात्मक अभ्यास गराइएको छ । ८ दिनसम्म चल्ने तालिमको तेस्रो दिन मंगलबार नेपालगन्ज १ मा रहेको गड्यौला मल उत्पादन उद्योगमा फिल्ड अनुगमन गराई गड्यौला मल र झोल मल […]

  तिलोत्तमा — १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार रुपन्देही मार्चवारी गाउँपालिका ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। २०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फौसला सुनाएको थियो । यादवलाई इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई कैद […]

बाँके /रासस। बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गरे । सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए […]

नेपालगञ्ज – समुदायमा वन्यजन्तुको ओहोरदोहोरले वर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ क्षेत्रमा बालबालिका सुरक्षित हिडडुलमा समेत प्रभाव पारेको पाइएको छ । विद्यालय जाँदा वा फर्किंदा विद्यार्थीहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण अध्ययनमा असर परेको मन्जुश्री शिशु बाटिका माध्यामिक विद्यालयका प्रधानाध्यापक विमल ज्ञवालीले बताउनुभयो । वन्यजन्तुबाट आक्रमणबाट जोगिन समुदाय तहमै बालबालिकालाई बातावरणीय शिक्षाको […]