बाँके । बैजनाथ गाउँपालिका ५ बनकटवा बस्ने ६० वर्षीय हनिब बेहेना सोही ठाउँस्थित सडकको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
दलबहादुर सुनार बढैयाताल २५ माघ भुमि आयोगको काममा सहज बनाउन आज बढैयातालमा सरोकारवाला संग अन्तरक्रिया गरिएको छ । बढैयाताल गाउँपालिका भित्र रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यबवस्थित बसोबासीहरुको लगत संकलन निस्सा वितरण नाप नक्सा जग्गा पहिचान लगाएतको बिषयमा सहजबनाउन सरोकारवाला संग अन्तक्रिया गरिएको हो । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा […]
ईकान्तिपुर /बुटवल — सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्चमा सुस्त देखिएको छ । गठबन्धन सरकार गठनको झण्डै एक वर्ष पुग्न लाग्दा पनि सरकारले विकासमा गति लिन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि कुल बजेटको साढे १८ प्रतिशत मात्र बजेट खर्च भएको छ । […]
बुटवल। रुपन्देही जिल्लामा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लामा एक लाख २० हजार अव्यवस्थित र सुकुमवासी परिवार रहेको जनाएको छ । भूमि आयोग रुपन्देहीले जिल्लामा जग्गा नापजाँचको काम गर्दै आएको र त्यसक्रममा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको जनाएको हो । आयोग रुपन्देहीका अध्यक्ष […]
राँझा (बाँके), माघ २४ गते । बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । “यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना […]
खजुरा । स्थानीयको कुटपिटबाट बाँकेको जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुनिरको उपचारका क्रममा आज बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिरलाई कुटपिट गरी घाइते बनाएका थिए […]
नेपालगन्ज, माघ २३ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँके जिल्लाको ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पु¥याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ निर्माण भइरहेको आयोजनाबाट हालसम्म करिब २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । नेपाल सरकारको […]
नेपालगन्ज । बाँकेको खजुरा बजारमा सात वर्ष बित्दासमेत १.८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छैन । सडक निर्माणको काम ३० महिनामा सम्पन्न गर्ने गरी २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा ठेक्का लिएको थियो । निर्माण कम्पनीको बेवास्ता र लापरबाहीका कारण बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको करिब दुई […]
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिकf-(१ बरुवfमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं […]
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी […]












