नेपालगञ्ज, वैशाख १३ गते । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् । पहिलोपटक चैते धानको खेती गर्नुभएकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लागने गरेको अनुभव सुनाउँदै […]

मिति २०८१।०१।१२ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित यस कार्यालयबाट खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारत बाट भन्सार छलि,चोरी, पैठरी गरी ल्याई थुपारी राखेका निम्न सामानहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको । 1) बच्चाको जुत्ता १६८ जोर अन्दाजी मुल्य रु.१,१७,६००।– 2) लेडिज मोजा २,००० जोर […]

नेपालगन्ज —बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ । शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिएको हो । मिजारलाई […]

  नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, […]

नेपालगन्ज । गर्मि बढेसंगै बर्दिया जिल्लामा रहेको निकुन्ज, सामुदायिक बन र सरकारि बनको ८० स्थानमा डढेलो लागेको छ । आगलागीमा करोडौंको क्षति भएको छ । मानबिय लापरबाहीका कारण आगलागिका घटना बढेको हो । आइतबार साँझसम्म लुम्बिनी प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयले जनाएको छ । […]

काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिटको सुनुवाइ शुक्रबार सरेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेपछि शुक्रवार अर्को पेशि सरेको हो । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम सर्वसम्मत […]

रासस/ भैरहवा (रुपन्देही) —तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए […]

नेपालगन्ज, वैशाख ९ गते । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको […]

  ८ बैसाख २०८१ , बर्दियाको बढैयातालमा जारी पाँचौ बर्दिया जिल्ला पालिका स्रतरीय अध्यक्ष कप फुटवल प्रतिया्गिताको उपाधी बाँसगढी नगरपालिकाले हात पार्न सफल भएको छ । आज शनिवार भएको फाइनल खेलमा आयोजक बढैयाताल गाउँपालिका लार्ई ४–० गोल अन्तरले हराउदै बाँसगढी नगरपालिका प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो । प्रतियोगिताको पहिलो हाफमा २ गोल र दोश्रो […]