काठमाडौं, २५ मंसिर/ कैलाली, धनगढी उपमहानगरपालिका-२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी केआईसिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले […]
बुटवल— नगरपालिका–८ सातमाराको राप्ती पुल नजिकै अनियत्रित भई ना६ख २७३९ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्घाखाँचीका प्रहरीका अनुसार दुर्घटनामा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ का ३१ वर्षिय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको छ । उनीहरुको बुटवलको जेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यपश्चिम बहुमुखी क्याम्पसमा शुक्रबार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ःमहिला र बालबालिकामा लगानिको ऐक्यबद्धता भन्ने नाराका साथ भएको कार्यक्रममा १९ जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा स्मारिका शर्मा प्रथम , बिष्णु बुढा दोस्रो , बिप्शा लामिछाने तेस्रो र पुष्कर बहादुर बिष्टले सानत्वना स्थान हासिल गरेका छन् । मध्यपश्चिम बहुमुखी क्याम्पसको […]
पाल्पा, २० मंसिर/ रम्भा गाउँपालिका-२ फोक्सीङस्थित आँपगैरा जंगलको सडक छेउबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बर्दिया, २०८० मंसिर ११ सोमबर बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ र ४ मा पर्ने बढैयाताललाई उत्पादनसंग प्रतक्ष्य जोड्नु पर्ने गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताएकाछन् । सोमबार बढैयातालको गुरु योजना सम्बन्धि सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले भने, ताल निर्माणधिन आवस्थामा रहेको छ, हामी पहल गर्दै आएका छौं । अबको केही बर्षमा ताललाई उत्पादनसंग प्रतक्ष्य […]
बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिदिएको हो । रातीपाटीका अनुसार स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज […]
नेपालगन्ज — बाँकेको नेपालगन्ज–१७ की १७ वर्षीया किशोरी सालीनी पाठकको ट्याकरको ठक्करले मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका धम्बोझी चोक नजिकै आइतबार साँझ ना.३ ख. ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । बुवा दिलीपकुमार पाठकले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते भएका मोटरसाइकल चालक […]
लमही दाङ्ग, ६ मंसिर बुधबार/ भौतिक पुर्वाधार बिकास मन्त्रालय लुम्बिनी प्रदेशको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त गोष्ठीमा पहिलो दिन बुधाबार लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका भुमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय र उर्जा बिकास शाखले कार्यप्रगति प्रस्तुत गरेकाछन् । […]
काठमाडौं, ६ मंसिर/ रोल्पा, त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । जुम्ला, गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्युठान, प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल सोही […]
१ मंसिर, काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ नम्बरको यात्रुबाहक बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको छ । बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा […]











