तुलसीपुर (दाङ) —दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए । सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आइतबार दिउँसो ३ बजेतिर […]
रासस/बाँके । डढेलो नियन्त्रण गर्न बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । डढेलो नियन्त्रण गर्न निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए । ‘निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला […]
सुर्खेत । दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । दैलेख प्रहरीका अनुसार शनिवार अपराह्न चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरमा आगो लाग्दा घर पूर्ण रूपमा जलेर नष्ट भयो । घर नजिकैको धाम कपासे सामुदायिक वनमा लागेको आगो हावा हुरीका कारण एक्कासि घरमा पुगेको थियो। दुई तले ६ […]
१६ वैशाख, गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप […]
मिति २०८१।०१।१५ गते राती अन्दाजी २२;०० बजेको समयमा जिल्ला बाँके राप्तिसोनारी गा.पा.५ चाचरफर्का बस्ने बर्ष १६ को सचिन थारुले YouTube हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखीने हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्कन गई निजको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई घाईते भएको भनि २०८१।०१।१६ गते […]
बर्दिया — बर्दिया प्रहरिले जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका फरार ६ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार राजापुर नगरपालिका–१ का करिब २३ वर्षीय अशनिग्न चौधरीलाई आफ्नै घरबाट पक्राउ परेका छ्न । यसैगरी राजापुर नगरपालिकाको विभिन्न ठाउँबाट जालसाजी मुद्दाका फरार अभियुक्त दल बहादुर शाही, दिल बहादुर […]
नेपालगन्ज, वैशाख १४ गते। तीन पटक म्याद थपिँदा समेत सहरी विकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानीयपुरमा निर्माणाधीन बहुउदेश्यीय सिटीहलको निर्माण अझै अधुरै रहेको छ। कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बिचमै डिजाइन समेत परिवर्तन गर्नु परेकोले तोकिएको समयमा सिटी हलको निर्माण पुरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ […]
१४ बैसाख बढैयाताल , पडरिया टोल स्थित मधेशी समुदायका पुरुषहरु लाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ७ को पडरियाको मधेशी टोलमा २०८१ बैसाख १२ गतेदेखि १४ सम्म यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण गरिएकाे हाे […]
खजुरा, वैशाख १४ गते । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ । भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा […]
तानसेन, वैशाख १४ गते । पाल्पामा मलेरिया (औलो) का बिरामी देखिने क्रम बढेको छ । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । गत आर्थिक वर्षमा पाल्पामा पाँच जनामा मलेरिया पुष्टि भएकोमा यो वर्ष चैत मसान्तसम्ममा छ जनामा पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । विगतका वर्षमा एक/दुई […]












