गुल्मी । इस्मा गाउँपालिका वडा नम्बर–१ जुकेपानीमा लु। ४ त। ८३६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान तल्ले घर कन्ट्रक्सनको ट्याक्टर दुर्घटना भएको हो । इस्मा गाउँपालिका वडा नम्बर– ४ दोहोलीका २४ वर्षीय राजेश गन्धर्वले चलाएको न्यु होल्यान्ड ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर […]
बर्दिया — चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० ्की ५५ वर्षीया पार्वती डाँगीको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार बुधबार दिउँसो थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी डाँगीलाई चितुवाले आक्रमण गरेको थियो । स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बाँके— ‘पुरानो कपडा हो भन्दैमा लगाउन लाज नमान्नुस । तपाईसंग जे छ त्यही पहिरनुस् । सकेसम्म बाक्लो लुगा लगाएर शरिर न्यानो राख्नुस । सकिन्छ हावा पास हुने स्थानमा आगो तापौँ ।’ शीतलहरले यहाँको जनजीवन कष्टकर बनेपछि चिकित्सकहरुले चिसोबाट जोगिने यस्तो सुझाव दिन थालेका छन् । खासगरी चिसोका कारण आर्थिक अवस्था कमजोर रहेका सर्वसाधारण बढी प्रभावित […]
दाङ । जिल्ला प्रहरी कार्यालय दांगले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन उक्त अभियान सन्चालन गरिएको हो । यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी […]
बर्दिया — कर्णाली नदीमा करिब तीन दशक अघिसम्म ठूलो संख्यामा डल्फिन खेलिरहेका भेटिन्थे । नदीमा विचरण गर्ने जलचर प्राणी डल्फिनको संख्या अहिले ३ वटा मात्रै छ । गेरुवा नदीको पाताभार क्षेत्रमा एउटा मात्र भएको अध्धयनले देखाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्राकृतिक दोहनसँगै कर्णालीको भँगालोमा जलस्तर निकै कम भएका कारण डल्फिनको संख्या कम […]
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद […]
काठमाडौँ —बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले बिहीबार गृहसचिव रामेश्वर दंगाललाई प्रतिवेदन बुझाएको छ । अनुसूचीसहित ३५ पेजको प्रतिवेदनमा जिल्ला प्रशासनले खेल्नुपर्ने थप भूमिका देखि वडा कार्यलयले नागरिकको समस्या समयमै सहजीकरण गर्न नसक्दा देखापर्ने जटिलताको विषय समेटिएको छ । प्रतिवेदनले नागरिकले पाउने सबै सेवा नागरिकतामा मात्रै निर्भर हुने परिपाटीको सट्टा नागरिकताका अलवा अन्य […]
बर्दिया/ईकान्तिपुर — न्याय नपाएकै कारण चार दिनको अन्तरालमा बाबुछोरीले ज्यान गुमाएपछि पीडित परिवार अहिले भयभीत छ । आफ्नै घरमा पनि पीडित परिवार राम्रोसँग सुत्नसमेत सकेको छैन । बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीमा भएको यो घटनापछि उक्त परिवार त्रसित बनेको हो । चार दिनको अन्तरालमा घरका दुई सदस्यले ज्यान गुमाएपछि परिवारका अन्य सदस्य भयभित छन् । […]
नेपालगञ्ज —बाँकेको भेरी अस्पतालमा नेपालमै पहिलोपटक नवजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार नेपालमै पहिलो पटक भेरी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो । ‘नयाँ मेसिन […]
नेपालगन्ज । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले यस वर्षको चिसोमा बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । त्यसका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । शीतलहरबाट जिल्लामा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको […]












