सुर्खेत । लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको छ । प्रहरीका अनुसार सुनारको आज बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो । चिकित्सकले सुनारलाई उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।
सुर्खेत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ६ बस्ने जुम्ला तिला गाउँपालिका(९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। […]
नेपालगञ्जमा चोरको बिगबिगी भएको छ। घरघरमा चोरी गर्ने चोरहरूले अहिले पसलको सामान चोर्ने गरेका छन् । बाँकेका विभिन्न ठाउँमा प्रहरी सुरक्षाको कमजोरी पत्ता लगाइ चोरहरुले चोर्ने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । विशेष गरी लग्दवा, सुर्जेगाउँ र कारकाँदो एरिया एरियामा पछिल्लो दिनमा चोरीका घटनाहरू बढ्दै गएका छन्। आइतबार राति मात्रै नेपालगञ्ज १८ सुर्खेत रोड […]
काठमाडौं, २८ असोज- सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुजेन्द्रले ती महिलालाई वीरेन्द्रनगर नगरपालिका-४ स्थित एरिचोकमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी […]
हुम्ला /रासस। हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि […]
राजन रावत हुम्ला। शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सो गाउँपालिका-६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो । चालकसहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका-६ की वसन्ती बुढा, उहाँका […]
३१ भदौ, काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज […]
जुम्ला — जिल्ला समन्वय समिति जुम्लाको पर्खाल बनाउने कामदारले शनिबार बेलुकी बम फेला पारेका छन् । सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको छ । ‘मोटो जीआई पाइपबाट बनेको बम खिया लागेको अवस्थामा छ । बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ । बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेका […]
काठमाडौँ —मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ। निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा […]
सुर्खेत, ३० साउन- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]










