धनगढी/ईकान्तिपुर — मौलाउँदो लागूऔषध कारोबारविरुद्ध नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले संयुक्त अपरेसन सुरु गरेका छन् । गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा कैलालीको तर्फबाट लागूऔषधको कारोबारमा संलग्नहरूविरुद्ध अपरेसन गर्ने सहमति भएको थियो । बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय कारोबारीको कारोबारस्थलमा छापा मारेर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए । […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । ६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका […]
१८ वैशाख, धनगढी । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एन्ड सप्लायर्सको गोदाममा प्रहरीले छापा हानेर सामान बरामद गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी […]
– वैशाख १७ । बझाङ प्रदेशसभा १(१) मा १५ वैशाखमा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै जित निकालेका हुन् । एमालेका भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत […]
बझाङ, वैशाख १५ गते । बझाङ प्रदेशसभा निर्वाचन [१] र ईलाममा मतदान सुरु भएको छ । मतदाताहरु उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि मतदान सुरु भएको हो । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।
रासस/ महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती माग्दै सर्वोच्चमा दायर गरिएको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । आज उक्त रिटको सुनुवाइ हुदै छ । निबर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा […]
धनगढी, वैशाख ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनुभएको छ । उहाँले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गर्नुभयो । आइतबार दिउँसो धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताउनुभयो । […]
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषण धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्। त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको […]












